देशको माया के थाहा ईमान्दारिता बेच्नेलाई
जनताको पिडा के थाहा कुर्चीमा बस्नेलाई
देश रोईरहेछ तिमी पदको लागि लडिरहन्छ
आँसुको अर्थ के थाहा रुवाई छाड्नेलाई।
*****
कपालको रङ्ग फ़ेरिनसक्छ मन फ़ेरिनेछैन
सोचहरु बदलिनसक्छ माया बद्लिनेछैन
थाहा छ, चोट कहाँ लाग्छ अपमान के हो?
मर्न बरु तैयारछु मेरो स्वाभिमानी बेचिनेछैन।
*****
गरिब ठानेर तिमि हेला नगर्नु मलाई
झुट्टा प्रसंसा पनि कहिल्यै नगर्नु मलाई
भगवानसँग एक राष्ट्रनेता मागेकी छु
आँसुको मुल्य कति हो? नसोध मलाई।




