१. लिपुलेक कालापानी मिच्दा पनि सरकार
अन्याय र अत्याचारले थिच्दा पनि सरकार
अझै किन तिमि बहिरो र अन्धो छौ
हाम्रो सिमाना पराइले किच्दा पनि सरकार।
२. सिमानाका किल्लाहरु गन्नुपर्ने अझै
पराइले हेप्दा, चेप्दा मौन बन्नुपर्ने अझै
यो कस्तो विडम्बना हो हामी नेपालीको
बुद्ध जन्मिएको नेपालमै हो भन्नुपर्ने अझै।
३. नेपालीमाथि संकटको पहिरो देखेर
दिनानुदिन देशको घाउ गहिरो देखेर
उखान टुक्कामै सिमित कामभन्दा पनि,
मलाई लाज लाग्छ सरकार बहिरो देखेर।
४. लकडाउनमात्र थप गराउँछ सरकार
मजदुरको होसहवास हराउँछ सरकार
लौन अब त केहि सोच्नु पर्यो विकल्प
भोकले पेट कुईकुई कराउँछ सरकार।










