जेठ ९ गते २०७७

ताजा समाचार

जेठ ९ गते २०७७

गजल



जीवन बग्नु पर्छ भन्छन् ताल जस्तो रोकिनबस्नु साथी
हिडनु बनेर छाल, छहरा, उद्यमबिना रमिनबस्नु साथी

सहजै कहाँ के पो मिल्छ र, नफोर्दै पहरा, निमेष नरोकिनु
बग्नु नदीझै निरन्तर, पुगे नि सागर थाकी नबस्नु साथी

छुनु नै छ जून यदि भने, वरफ नबन्नू, बन्नू बाफ जस्तो
उडनु क्षितिजपारी निरन्तर, शित बनेर जमी नबस्नु साथी

विजबिषभित्रै भए पनि, नहारी पिउनू बिष हाँसीहाँसी
मानव हौ सचेत जगमै, जीवन असफल पारी नबस्नु साथी ।

(गीतकार, संगितकार, गायक गोपाल योञ्जनमा समर्पित)