गजल

दुश्मन आए सिमानातिर वन्दुक बोकेर
अगाडि बढ्छ नेपाली वीर वन्दुक बोकेर

यो मेरो देश प्रहार गर्न अनेकौ कालमा
जो आए, भागे झुकाई शिर वन्दुक बोकेर

देशले मागे म पनि जान तैयार सिमामा
डटेर लड्न नमानी पीर वन्दुक बोकेर

बैरीले सिमा मिच्दै छ भन्ने खबर के सुने
म छोडी हिडे पस्केको खीर बन्दुक बोकेर ।