लघुकथा : आगो

एउटा भर्खरै विकास हुन लागेको सहर थियो । त्यहाँका मेयर सबैको भलो चिताउने, असल र विकासप्रेमी थिए। विकासका कामका लागि उनि आफ्नो पार्टी वा बिपक्षी पार्टी भन्दैनथे। सहरका लागि आवश्यक बिजुली, खानेपानी, अस्पताल, स्कुल, एम्बुलेन्स र दमकल सबै कुराको सुविधा थियो । तर केही विरोधी पक्षले जतिसुकै राम्रो काम गरे पनि विरोध गरिरहन्थे।

एक दिन एउटा घरमा आगो लाग्यो । कसैले दमकल बोलाइदियो। दमकल बेलैमा आइपुगेको थियो तर विपक्षीलाई त्यो पनि चित्त बुझेन । बिपक्षी कुर्लन लागे, ‘मेयर अर्को पार्टीको भएर दमकल ढिलो पठाए । नत्र यत्रो बेर लाग्छ दमकल आउन ?’

अर्को पक्षले सम्झाउँदै भन्यो, ‘मेयरले दमकल कुदाउने हो र ? फेरि कस्को घरमा आगो लागेको मेयरलार्इ के थाहा ? दमकल जतिसुकै छिटो कुदे पनि निश्चित समय त लागिहाल्छ नि। हावामा उडेर आउने होइन गुडेर आउने हो।’

तर पहिलो पक्षले अडान छोडेन ।
‘चाहेको भए अझै छिटो आउन सक्थ्यो । हामी सबै मिलेर मेयरलाइ सबक सिकाउनु पर्छ । हामी आगो निभाउन दिदैनौं,¦ उनीहरुले भने ।

‘घर जलेर नष्ट हुन लाग्यो झगडा नगरौं, पहिले आगो निभाउन दिनुस् ,’ दमकल कर्मचारी आगो निभाउन तयार भए । तर पहिलो पक्षले नदिने र अर्को पक्षले सम्झाउने गर्दागर्दै हात हालाहालको वातावरण सुरु भयो । झगडाले उग्र रुप लिन थालेपछि कसैले मेयरलाइ खबर गरिदिएछ।

मेयर आएपछि मेयरलार्इ कुटपिट गर्न र गाडी तोडफोड गर्न पहिलो पक्षले मेयरतिर झम्टियो। मेयरले भने, ‘एकै छिन पख्नुस्, पहिला हेर्नुस् आगोले के गरिसक्यो अनि मलाई जे गरे पनि हुन्छ।’

पहिलो पक्षले आगोलागीतिर हे¥यो । आगोले पहिलो घरसँगै अरु केही घर खरानी पारिसकेको थियो । ती घरहरू तिनै झगडा गर्नेहरुका थिए ।