गीत : पानी चल्दैन भन्यौ मेरो हातको

गीत
पानी चल्दैन भन्यौ मेरो हातको,
त्यसो भए माया कसरी चल्यो
फुल चल्दैन भन्यौ मैले टिपेको,
त्यसो भए मेरो स्पर्श कसरी चल्यो

मान्छे भन्दा ठूलो जात के छ दुनिँयामा
सबै थोक किन्न बेच्न नखोज रुपियाँमा

जात चल्दैन तेरो मेरो भन्यौ
त्यसो भए उपहार कसरी चल्यो
फुल चल्दैन भन्यौ मैले टिपेको,
त्यसो भए मेरो स्पर्श कसरी चल्यो

मान्छेहरु किन यति कठोर भए छन्
तिम्रा त ईश्वर पनि दुईटा पो रहे छन

भात चल्दैन भन्यौ मेरो चुलाको,
त्यसो भए मेरो चुम्बन कसरी चल्यो
फुल चल्दैन भन्यौ मैले टिपेको,
त्यसो भए मेरो स्पर्श कसरी चल्यो

२०७६/६/८