प्रभु रिजाउन फेरि दिल्ली जाउला खबरदार
ठूला दाइ हुन भनी आशीर्वाद लाउला खबरदार
तिम्रा सुन कान्ड, ७० करोड सच्चिने मौका दिउला बरु
रास्ट्रीयताको सबलमा खुट्टा कमाउला खबरदार
धेरै गर्यौ असमान सन्धि सरकार जोगाउन
देशलाई मारी फेरि कुर्ची बचाउला खबरदार
कि मरिन्छ कि मारिन्छ गोर्खालीको शान हो
भुली बलिदान वैरी हसाउला खबरदार।




