भाग्य रेखा केर्न मिले केरिदिन्थेँ आफै
देशको सीमा अँगालोमा बेरिदिन्थेँ आफै
जबरजस्ती लादिएका नियम कयौँ सम्बन्ध नि
फेर्न मिले निर्धक्क सब फेरिदिन्थे आफै ।
सीमा मिच्यो छिमेकीले निश्चिन्त छौ तिमी
आफ्नै स्वार्थमात्र हेर्ने शोषक हौ तिमी
इतिहासले धिक्कार्ने छ जिउँदो लास भनी
उठ, जाग संहालेर नेतृत्व लेऊ तिमी ।









