
मिहिनेती छ ऊ, गर्छ धेरै काम
फूलको रस बटुल्छ, भन त्यस्को नाम
ढिला सुस्ती गर्दैन, त्यस्तो मन पर्दैन
आफ्नो काम नसकी, पछि हट्दै हट्दैन
मिलेर ऊ बस्दछ, चाहिँदैन ठूलो ठाम
भुन्भुन गर्छ, गुन्गुन गर्छ, के हो त्यस्को नाम
फूलको रस चुसेर ल्याउने गर्छ काम
मह बनाई थुपार्छ मौरी त्यस्को नाम
एउटा नायक हुन्छ घारमा काम सिकाउने
थरिथरि फूलको रस झिकाउने
अह्राउने पह्राउने गर्छ उसले काम
सबै मन पराउँछन् के हो त्यसको नाम
व्यवस्थित बनाउँछ समुदायलाई
अल्छी बन्न दिँदैन कर्मी मौरीलाई
अबुझलाई सजिलै कुरो बुझाउने
रानी मौरी भन्छन् उस्लाई सबले रुचाउने ।