तीन मुक्तक

देशले मागोस्, देशको निम्ति पूरै रगत बगाउन सक्छु
विशाल छ मुटु मेरो, सिङ्गै देश अटाउन सक्छु
केही होइन म यो देशबिना, देश भएर बाँचेको छु
निसङ्कोच बलिदानीमा म आफूलाई चढाउन सक्छु ।

पैसा पाए नरक यात्रा आँट्नेहरु छन्
स्वार्थ मिले स्वाभिमानै साट्नेहरु छन्
आफ्नै दूनो सोझ्याउन खुकुरीझैँ बनी
अचानोमा देशलाई राखी काट्नेहरु छन् ।

औंशीको रात आकाशमा जून रोएको बेला
अभाव अनि महङ्गीमा नून रोएको बेला
गुहार मागी कराउँदैमा कस्ले पाउँछ न्याय यहाँ
अन्यायमा परी आफैँ कानुन रोएको बेला ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।