खुकुरीमा धार लगाऔं लड्ने बेला भयो
सिमानामा देशको झन्डा गाड्ने बेला भयो
अति भयो , अत्याचार भो ,थिचोमिचो भयो
छिमेकीको नकाब लगाई घात गरि रह्यो
पानी मिच्यो, माटो मिच्यो , गर्यो घेराबन्दी
छाती भित्र दुखि रह्यो सुगौलीको सन्धि
गए पुर्खा देशको लागि रगत बगाएर
नेपाल आमा हामीलाई जिम्मा लगाएर
कालापानी नगई हाम्रो तिर्खा मेटिदैन
लडौं जबसम्म सिंगो नेपाल भेटिदैन ।









