हिमाल, पहाड, तराई भन्दैछन् एकै स्वरमा
पस्दै छ होसियार त्यो कालो सर्प घरमा
छन् घरभित्र धेरै सर्पकै मतियार
काचुलीमात्रै अर्कै हुन् सर्पकै ती यार
खिया फालेर छिटो लगाउँ खुकुरी धार
जुट्नुछ देशको लागि गर्नु छ खबरदार
सहनै नसक्ने गरी दुख्दैछ सन्धि झन्झन्
खुद्रा र थोकमा बिके आफ्नै घरका दुश्मन
छोड्नु हुँदैनन् अब खोजौं छिटै विकल्प
गर्नु छ विद्रोह, यहाँ पार्नु छ कायाकल्प ।




