गजल

मुखभन्दा धेरै अब हात चलाऊ
फाँड खोरिया अब घसेटा जलाऊ

लोभ नगर भो ग्रीनकार्ड, भिषाको
बाँझो पाखोमा अब सुन फलाऊ

के हुन्छ र साथी खाली हात बसेर
पसिनाले अब यही माटो गलाऊ

खाडीको धूपमा कति बगाउनु सीप
निर्माण गरौ न अब श्रमको तलाउ

अर्काको बाच्छो चाट्यो मुखभरि रौ
विदेशमा भएका अब सबै बोलाऊ ।