कविता : यात्रा जीवन

बाढी आउँछ
पहिरो आउँछ
जिन्दगी नै बग्छ
आँधी आउँछ
हुरी आउँछ
जिन्दगी नै उड्छ ।

आगो बल्छ
डढेलोमा
जिन्दगी नै जल्छ
शिरैमाथि चट्याङ पर्छ
जिन्दगी नै डढ्छ ।

पाइलामुनि धर्ती फाट्छ
त्यहीँ गर्तमा पर्छ
गर्भमै मर्छ
कहिले
नहुर्किंदै मर्छ
खाँदाखाँद‌ै स्वास नली
रोकिएर मर्छ
त्यही मान्छे बैरी बन्छ
अरुलाई सताउँछ ।

किन मान्छे सुझ्दैन ?
किन मान्छे बुझ्दैन ?
जिन्दगीको
यात्रा यो
कठिन कठिन छ।।

[[ अमर शिला ]]