१.जब जब सम्बन्धमा दरार आउन थाल्छ
मन्दिर कि त ज्योतिष तब धाउन थाल्छ ।।
विश्वासले टिकाएर यसमै जिउँछ मान्छे
सार्थक बने हर सम्बन्छ सुख छाउन थाल्छ ।।
२. सम्बन्धलाई टिकाउनु ठुलो मान्छु म त
सिक्नुभन्दा सिकाउनु ठुलो मान्छु म त ।।
प्रेम, सद्भाव,विश्वासले लोकप्रिय बन्दै
साँच्चै बोली बिकाउनु ठुलो मान्छु म त ।।
३. साथीसङ्गी छोरीचेली नाता अनेक अनेक
किताबपिच्छे भएजस्तै गाता अनेक अनेक ।।
घामपानी ओत्ने एउटै लक्ष्य भए पनि
बजारमा पाइएजस्तै छाता अनेक अनेक ।।
४. विपत्तिमा कुनै सम्बन्ध त साँचो लाग्ने
हुन्छन् क्नै खुसी दिने अनि हाँसो लाग्ने ।।
पाउँछु कुनै सम्बन्ध त नचाहेरै पनि
जिन्दगीमा सधैभरी हेर टाँसो लाग्ने ।।
२०७७–०४–६ नुवाकोट, हाल ः पोखरा–११




