साहित्य

कविता : एक नशालु आक्रोश

अहङकारले गोलो लगाएको थियो मस्तिष्कमाखिया लागेर गिदीभरिधूमिल भएको थियो विवेकआफूलाई नियन्त्रणमा राख्ने कुराहरूधेरै जटिल थिए मेरा वरिपरि घुमिरह्यो पृथ्वीम महाकाश जित्ने सपनामा पौरिरहेँ आज मच्छ्डदानीका डोरीहरू राम्रो बँधाइ भएनछ सायद घडीको आवाज रोकियोचल्दाचल्दैको देवाल घडीकाँटा फुस्किएर अपाङ्ग भएको थियोपाइला रोकिएर उभिएको थियोठाउँका ठाउँसमयले पछि फर्किएर हेरेको थिएन पुलुक्क घडीले बाँध्न सकेन समयलाई खोरभित्र मैले आजसम्म गन्न सकिनँसमय कति पाइला हिँड्यो मेरो जीवनमाअब बाँकी कति छ मनभित्र अझै पनिधेरै शब्दका कोलाहल… पुरा पढौ

कविता : मलाई मेरो पुरानै नेपाल फर्काईदेऊ

बिन्ती छ, मलाई मेरो पुरानै नेपाल फर्काईदेऊस्कुल सकिनेबित्तिकै आमाको ममता बोकेर बच्चाहरुको थालीमा आईपुग्नेमकै, भटमास र मोही फर्काइदेऊवर्ष दिनमै भए पनि परदेशीएका छोराहरुको हँसीलो मुहार बोकेर घर फर्कनेदशैंका जुनेली रातहरु फर्काईदेउरोपाईं गर्दा मेरा दिदीबहिनीहरुले गाउने गरेको मीठो गीतको भाका फर्काईदेऊवर्षातको पानीले भिजेर बसाएका ती घुमाउने घरका माटोका भित्ताहरु फर्काईदेऊमलाई उकुसमुकुस भइरहेछ आज यो सहरमा सास फेर्नमलाई केराका पात र पाखुरीका बोटको गन्ध बोकेर आउनेमेरो गाउँको त्यो शक्तिवर्धक हावा फर्काईदेऊविकृति पोतिएका… पुरा पढौ

कविता : बौलाहा

एउटा अलौकिक कुहिराको देशमा पुगेरप्रव्रजित भएका चिन्ताहरू सँग रुमलिएर,कहिले यता कहिले उताभौँतारी रहन्छमान्छेले सीमान्तीकृत गरेको मान्छे।निरुद्विग्न साधुजस्तै हिँड्छऊ जस्तै देखिने मान्छेको जङ्गलमा।आधा जिन्दगी आधा मृत अस्तित्व छ उसको।चिसो बाफिलो हावामा स्वास फेर्छ ऊजिन्दगीलाई झुम्रा-थाङ्नामा बेर्छअर्धमृतलाई जिउँदैराख्न डस्टबिनमा टाउको डुबाउँछ। सद्देले देखेको ऊ देख्दैन,उसले देखेको सद्देले देख्दैनअरूले उसमा विकृति देख्छनऊ आँफुमा रूप परिवर्तन भएको देख्छ।चिरेर हेर त उसको निरुद्वेग हाँसोनिष्पाप देवाणु भेट्ने छौ। पुरा पढौ

कविता : मृत्युको संस्कृति

स्मशानले पनि भन्यो-मानिस मलाई मृत्युको तस्वीर यति सस्तो बनेको देख्न मन लाग्दैनकि अस्पतालको सैय्याभित्र पनिमानिस जिउँदो हुन सक्छ नि उसको यादहरुमाउसले कमाइरहेको चिर पहिचानहरुमा र कति सकस हुँदो हो यो मृत्युको शोकमा शोक मनाइरहेका आफन्तहरुभित्र,शुभचिन्तकहरुभित्र,शुभ चिन्तकहरुलाई,यो मृत्युको पीडाधेरै पटकयो मोफसलमायति सस्तो गरीमृत्युलाई छरपस्ट पारेर अखबारमा बिकाइरहेको खबर देख्न ! कि मृत्यु अन्त्य हो, यी सबको शुरुवात होइन …………………. यसरी खबर बनिनकै लागि जनअदालतमा यसरी मृत्यु बिकिरहेको सभ्यतामाथि निहुरिएरमृत्यु आफै भनिरहेको… पुरा पढौ

केही मुक्तक

जनता लुट्नै गएको हो भने भन्नु केही छैनजनता भुट्नै गएको हो भने भन्नु केही छैनहोइन भने केही गरेर देखाओ ए चटकेहरूकर असुल्नै गएको हो भने भन्नु केही छैन । १धम्कीको भाषामा तपाईं जे भन्नुहोस् महाशयजनार्दन कमजोर छैनन् बुझिहाल्छन् आशयचुच्चे नक्सा छापिन्छ जमिन खोजिन्न किन ?शासक मोटा जनजीवन भयो झनै कष्टमय। २ पालेको कुकुर भुक्छ मालिकको पक्षमाजनता मारेर तन्कन्छ सालिकको कक्षमायसो देख्छु परिदृश्य हाम्रोतिर हिजोआजयसरी नै त पुग्ने होला, सहश्राब्दी लक्ष्यमा।३ पुरा पढौ

कविता : मूर्ख शासक र विदीर्ण इतिहास

धारिला खुँडा र तरवार मात्रहुन्जल्लादकाऔजारत्यसैलेमेरा गाउँका जोशिला युवाहरुकतै जल्लादमा नियुक्त नहुन भन्नेकामना गर्न थालेको छुमलाई डर लाग्न थाल्छकिनकी मन र मस्तिष्कले जल्लादहरुसाङ्गलाले बाँधिएकानिम्छरा सत्य र तथ्यकागर्धन मात्र देख्न थाल्छन, रमात्र यौटाआदेश वाइसाराको पर्खाइमाधारिला खुँडा र तरवार नचाइरहेका हुन्छन् जल्लादहरु,हुनत–यथार्थ र इतिहास जस्तै हुन्जो कठोर र निर्मम हुने गर्छन्तर फरक–शासकहरु विवेकहीनभएरतानाशाहबन्दै गर्दायथार्थ र इतिहासनिरीह चुपचाप बसिरहेका हुन्छन्, तरजल्लादहरु सलबलाइरहेका हुन्छन्, रधारिला हतियारहरु चम्किरहेका हुन्छन् यथार्थ र इतिहास दुबैलाई थाहा छसमयशासकको दास… पुरा पढौ

कथा: फुटेको डिकुरो

"डिकुरो फुटि सक्यो, भेटी राख्न मिल्दैन | छोरीभेटीहरुको घिउ र चिनि हुन्थ्यो भने राख्न मिल्थ्यो | चामल मिलेन |'' भेटी स्याहार्नेले भने | भेटी बुझाउन जुत्ता काडि ढोका नजिक लाइनमा उभिएका पाँच जना मध्ये एक जना निराश हुदै भने - हाम्ले त आज नौ दिन भएको होला भनेका थियौ | टाढाको यस्तै हुन्छ | अब यो भेटीलाई घर फर्काएर लैजान पनि भएन कोहि फाल्न पनि भएन | जाऔ, जे त… पुरा पढौ

चेतनाको सङ्घारमा उभिएर

विवेकको कोठो साँगुरिएपछिध्रुवतारा झैं एक्लिदैँ गएको छ चेतनशीलताश्रद्धा र सद्भावनाको खोलो बग्न नपाउँदैघमन्डहरूले जाल फिँजाएरमाछा समाउने अथक प्रयास गरिरहेछ्न्लिलाम गरिरहेका छन्बेसुरा लय र तालहरूअवचेतन विवेक त्यही तालमा नाचिरहेको छआफूलाई नियन्त्रणमा राख्नुभन्दाठुलो कसरत के छ?आफूलाई बुझ्न सक्ने समय निकाल्नु भन्दामूल्यवान समय के छ?यक्षको जस्तो जटिल र गम्भीर प्रश्न ठडिएको छ आज विवेकको सङ्घारमाउर्बर मस्तिष्कका अस्थिर परिच्छेदहरूव्यस्त छन्आफ्नै मात्र वैभवको पहाड चढ्नएक्लै क्षितिजपारि पुग्नचेतनाको आँखा कहिले उघ्रिएलाकहिले शङ्खनाद गर्ला विवेकलेआवेगको विरोधमा? पुरा पढौ

कवि सुवेदीको नीलो चरो र अन्य कविता : एक बिहङ्गम दृष्टि

असमेली नेपाली कवितामा समकालीन धारा भित्र्याउने श्रेय अस्मिताका कवि नवसापकोटाज्यू र आदरणीय युद्धवीर राणालाई जान्छ। यो सन् १९८० को कुरा हो। सापकोटा र राणापछि असममा नेपाली कविता लेखेर एक युवा कवि धेरै चर्चामा आएका थिए, उनी हुन् नौगाउँ लङ्काका मोहन सुवेदी। त्यस समय कसैकसैले उनलाई "नानीकवि" को उपनामसम्म दिएका हुन्। सापकोटा र राणाभन्दा केही भिन्न विषय र संरचना लिएर आएका कवि मोहन सुवेदी जातीयतावादको घेरो र परिक्रमाभित्र मात्र नरहेर एक… पुरा पढौ

कविता: चल्दैन कि क्या हो ?

मुली भन्नेलाई एक खुर, बनाएकै थिएँ | संगै हिडाइ रसिलो मुख, फेराएरै लिएँ | खोलानाला सकेकै हो हामी, मिलि मिलि तुरी | चुरे नभत्काइ के म अझै, बँसु कुरी कुरी | राजदुतको योग्यता किन, चाहिने हो मस्तै | योग्य पाउदैनौ कतै पनि, खोजेर म जस्तै | नागरिकता जाबो बाँडने,कुन ठूलो कुरा | तिनीहरुले दिए मलाई, समर्थन पूरा | जल विध्धुत राख्न नदिने, रे निकुञ्ज भित्र | चिडाउन काहाँ हुन्छ सबै,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं