स्मशानले पनि भन्यो-
मानिस मलाई मृत्युको तस्वीर यति सस्तो बनेको देख्न मन लाग्दैन
कि अस्पतालको सैय्याभित्र पनि
मानिस जिउँदो हुन सक्छ नि उसको यादहरुमा
उसले कमाइरहेको चिर पहिचानहरुमा
र कति सकस हुँदो हो यो मृत्युको शोकमा शोक मनाइरहेका आफन्तहरुभित्र,
शुभचिन्तकहरुभित्र,
शुभ चिन्तकहरुलाई,
यो मृत्युको पीडा
धेरै पटक
यो मोफसलमा
यति सस्तो गरी
मृत्युलाई छरपस्ट पारेर अखबारमा बिकाइरहेको खबर देख्न !
कि मृत्यु अन्त्य हो, यी सबको शुरुवात होइन
………………….
यसरी खबर बनिनकै लागि जनअदालतमा यसरी मृत्यु बिकिरहेको सभ्यतामाथि निहुरिएर
मृत्यु आफै भनिरहेको थियो-
हो मानव !
यतिबेला कमसेकम मलाइ नाङ्गो त नबनाऊ
मलाइ अरु नाङ्गो बनाउनु भनेको तिमीले
तिमीमाथिको संस्कारलाई नाङ्गो नबनाउनु हो
केही कारणमा बाहेक मृत्युको साक्षीमा
केरकार बन्ला पनि !
चिरफार बन्ला !
र यो श्मशानको बेला श्मशान आतसबाजी बन्न सक्छ ?
न त मनाउन सक्छ श्मशानले आफै तिमी र ममा मृत्युको यो कारुण उत्सव !




