केही मुक्तक

जनता लुट्नै गएको हो भने भन्नु केही छैन
जनता भुट्नै गएको हो भने भन्नु केही छैन
होइन भने केही गरेर देखाओ ए चटकेहरू
कर असुल्नै गएको हो भने भन्नु केही छैन ।


धम्कीको भाषामा तपाईं जे भन्नुहोस् महाशय
जनार्दन कमजोर छैनन् बुझिहाल्छन् आशय
चुच्चे नक्सा छापिन्छ जमिन खोजिन्न किन ?
शासक मोटा जनजीवन भयो झनै कष्टमय।

पालेको कुकुर भुक्छ मालिकको पक्षमा
जनता मारेर तन्कन्छ सालिकको कक्षमा
यसो देख्छु परिदृश्य हाम्रोतिर हिजोआज
यसरी नै त पुग्ने होला, सहश्राब्दी लक्ष्यमा।