कविता: चल्दैन कि क्या हो ?

मुली भन्नेलाई एक खुर, बनाएकै थिएँ |
संगै हिडाइ रसिलो मुख, फेराएरै लिएँ |

खोलानाला सकेकै हो हामी, मिलि मिलि तुरी |
चुरे नभत्काइ के म अझै, बँसु कुरी कुरी |

राजदुतको योग्यता किन, चाहिने हो मस्तै |
योग्य पाउदैनौ कतै पनि, खोजेर म जस्तै |

नागरिकता जाबो बाँडने,कुन ठूलो कुरा |
तिनीहरुले दिए मलाई, समर्थन पूरा |

जल विध्धुत राख्न नदिने, रे निकुञ्ज भित्र |
चिडाउन काहाँ हुन्छ सबै, अन्नदाता मित्र |

हटाउन नमिल्ने हुन्छ र, कर्णालीका दास |
तिमीहरु धेरै यसो उसो, भनेर नकाँस |

महाधिवेशन आयोजक, एमाले कमिटी |
टाउको छदै हातखुट्टा के, बनाऊ समेटी |

काँध थापे मुखमा चापेर, पिडालु बादल |
नाच अनुसार बज्ने काहाँ, पाइन्छ मादल |