साहित्य

जमरकट्टेल शब्द र प्रमोदको स्वारमा ‘मनका डिल’

साहित्यकार, गीतकार ऋषि जमरकट्टेलको गीत बजारमा आएको छ । उनले रचना गरेकोे ‘मनका डिल’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । श्रीमान श्रीमतीको प्रेम विषयमा बनेको यो गीतको म्युजिक भिडियो पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । गीत म्युजिक नेपालको युट्युबमार्फत सार्वजनिक भएको जमरकट्टेलले जानकारी दिए । गीतमा संगीत अर्जुन पोखरेल र स्वर प्रमोद खरेलको छ । यसको निर्देशन महेश गोदारले गरेका छन् । पुरा पढौ

पोखरेली युवा सांस्कृतिक परिवारमा मोती

पोखरेली युवा साँस्कृतिक परिवारको शनिबार भएको ४० औं वार्षिक साधारण सभा तथा अधिवेशनले मोती भुजेलको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।समितिको उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिव डा.चैतन्य अधिकारी, कोषाध्यक्ष अर्जुन अधिकारी, सहसचिव शिव त्रिपाठी, साहित्य संयोजक रीता अधिकारी, संगीत संयोजक एमडी काफ्ले र कला संयोजक हेमकान्ती गुरुङ छन् । सदस्यमा प्रकाश पोखरेली, सुदर्शन पौडेल, दीपेन्द्र थापा अरुण, लिलि अधिकारी र तीर्थ गुरुङ छन् । पुरा पढौ

कविता : छोरी र जून

जसरी उजेलिन्छधरतीजूनको किरणलेत्यसरी नैउजेलिन्छु मतिम्रोसम्झनाको किरणलेटाढाको त्यो जूनजस्तैटाढा छौ तिमीटाढा ..धेरै टाढा...र, पनिमन भरिभरितिमी नै तिमी हुन्छ्यौमस्तिष्क भरिभरि पनितिमी नै तिमी हुन्छ्यौजून उदाउँछघरतीको आकाशमातिमी उदाउँछ्यौमेरो मनको आकाशमाजसरी पोखिन्छजूनको किरणधरतीको आँगनमात्यसरी नै पोखिन्छ्यौ तिमीमेरो मनको आँगनमामेरो रहरको जून तिमीमार, त्यो आकाशको जूनमाकेही फरक देखिन मैलेकेही फरक भेटिन मैलेतिमीजस्तै लाग्यो जूनजूनजस्तै लाग्यो तिमीछोरी !आज तिम्रो जन्मदिनमामैले आकाशकोजूनलाई हेरिरहेको छुर, त्यहीे आकाशकोजूनसँगतिमीलाई नै दाँजिरहेकी छु !र, तिमीलाई नै पाइरहेकी छु !! पुरा पढौ

कविता : भोकको आगो

भोकको भुगोलभरिजहाँ जहाँ पनिचुल्हामा अागो बल्छ निबुझ्नुश्रमको ईश्वरलेकुनै बखतअाधी पेट भएरहातमा कोदालो बोकेरतिम्रै खातिरखेतको छातीभरिपसिनाले जीवनको गीत लेखेको होर त बिस्तारै विस्तारेनिभेको हो तिम्रो कहिले नमेट्नेभोकको अागो ।अाफ्नै माटोको गन्धबाटलखेटिनुअाफ्नै घरको अाँगनबाटफ्याकिनुअाफ्नै खेतको ढिलबाटधकेलिनुन्याय त पक्कै होइन।बईमानहावाहरुको वेगलेश्रमको फसल तहस नहस गर्दै अाएको छकहिले चर्किन्छ घामर पर्छ खडेरीकहिले बर्षिन्छ रिससरी झरीपट पट खडेरीले फुटेको खेतवा बाडीले बगाएको खेतको डील सम्झेरअाफ्नो निधारमा लेखिएको साहुको ऋणसमझिनु कति खतरनाक हुन्छबईमान हावाको गीतलेथप्पड हान्दाघाँटीमा… पुरा पढौ

पोखरेली साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखराका अग्रज साहित्यकार तेजनाथ घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरिएको छ । शनिबार घिमिरेकै निवास पोखरा-३, नदीपुरमा आयोजित एक कार्यक्रमका बिच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति, साहित्यकार सरुभक्तले नगद २२ हजार २२२ रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहितको पुरस्कार घिमिरेलाई अर्पण गरे । साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित पुरस्कार मुक्तक मञ्च पोखराले हरेक २ वर्षमा नेपाली मुक्तकमा योगदान गरेका मुक्तककार, अनुसन्धानकर्ता वा मुक्तकसँग सम्बन्धित संस्थालाई प्रदान गरिँदै आएको छ । सो… पुरा पढौ

अहिलेको मोबाइल व्यापार

मित्र जगदीश लामिछानेले बिहानै चिया पिउन बोलाउनु भयो ।भेटघाट नभएको पनि धेरै भएको रहेछ । भेटघाट पनि हुने र बिहानीको समय भलाकुसारी गरेर पनि बित्ने हुनाले चिया पिउन गएको थिएँ । उहाँ बस्ने घरको तला उक्किदै गर्दा कापीको पन्ना भेटे । त्यही कापीको पन्नामा राम्रो अक्षरमा यी शब्दहरु उतार्नु भएको रहेछ । पढ्दा हल्का रमाइलो लाग्यो । जस्ताको त्यस्तै हजुरहरु समक्ष प्रस्तुत गरे । एउटा ग्राहक विभिन्न पसलहरु डुल्छ ।… पुरा पढौ

राज, राजेश र ॠषिको सहकार्यमा नयाँ गजल

नेपाली सुगम संगीतका लोकप्रिय गायक राज सिग्देलको स्वरमा थियौ तिमी दिलमा बोलको गजल हालै सार्वजनिक गरिएको छ । गजलकार डा ऋषि बस्ताकोटीको रचना र राजेश थापाको संगीत रहेको उक्त गजलमा रिदम कंडेलले संगीत संयोजन गरेका छन् । काठमाडौंको ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ कुशल थापाले गरेका हुन् भने मिक्सिङ मास्टरिङ्ग साजन शाहले गरेका छन् । द टच कृयसनले बजारमा ल्याएको उक्त गजलमा गायक राज सिग्देलकै अभिनय देख्न सकिन्छ… पुरा पढौ

कविता : मालिक म दास हुँ

मालिक म दास हुँदासमालिकविना कसरी हुन्छ ?म टुहुरो भए मालिकहजुर आउनुस मलाई दास बनाउनुससाष्टाङग दण्डवत नगरी, चाकरी नबजाईमेरो घरबारीको पहिलो फल हजुरलाई नख्वाईकसरी मिल्छ ? मैले र मेरा परिवारले खानम वर्सौ देखि भोकै छु मालिकहजुर आउनुस मलाई दास बनाउनुस मेरा छिमेकीेलेखेतबारीका सिमानामा ताक पारे पनिउब्जनी र पाखुरीमा हक मारे पनिमालिकहात खुट्टा भएका लुला लंगडा हौ हामीमुख भएका वोली नफुट्ने अवाक हौ हामीदुइ सय साठी वर्ष देखिकोहजुरको हुकुम पालना गर्ने रगतहाम्रा… पुरा पढौ

कविता : इन्क्लाब जिन्दावाद !

यस्तै यस्तै भयो भनेयस्तैयस्तै रह्यो भनेफेरि छिट्टैबगरका ढुंगाहरू उठ्ने छन्पहाडका पत्थरहरू चल्मलाउने छन्हिमालका खोल्साखाल्सी सुकसुकाउने छन्तराईका फाँटहरू जुर्मुराउने छन्चराहरू चिर्बिराउने छन् - इन्क्लाब जिन्दावाद !खोलाहरू सुसाउने छन् - इन्क्लाब जिन्दावाद ! हलो ,कुटो र कोदालो छोडी किसानहरूगाउँबेंसीबाट कराउने छन्कालोपाटी फोडेर मास्टरहरूनयाँ पाटीमा नयाँ शब्द पढाउने छन्वम, बारुद र विचार बोकी विद्यार्थीहरूयुद्ध लड्न उर्लने छन् ! मजदुर नारा लाउने छन् - इन्क्लाब जिन्दावाद !किसान नारा लाउने छन् - इन्क्लाब जिन्दावाद !दलित… पुरा पढौ

कविता : बिबश सम्बन्धहरु

सम्बन्धहरु सडक जस्तै हुन्छन्लामा लामा अनि मजबुतजसको कुनै अन्त्य हुदैनजो हत्तपत्त मेटिदैनन्कोरिएपछि एकपटकरही रहन्छन् कालान्तरसम्म ! सडकहरु प्रायः चिल्ला हुन्छन्पक्की अनि फराकिला हुन्छन्सडकहरु आफैमा सुरक्षित हुन्छन्आफ्नो भन्दा बढि आफ्नाहरुको लागि !कति सडक साङ्गुरा पनि हुन्छन्तर तिनको धर्म कहिल्यै सागुरो हुदैनकति सडक बाङ्गाटिङ्ग्गा हुन्छन्तर तिनको गन्तव्य कहिल्यै बाङ्गो हुदैनभर्खर कोरिएका सडकहरुस्वाभाविक रुपमा कच्ची हुन्छन्तर सडकको कर्म कहिले कच्ची हुदैनसडकहरु अधर्मी हुदैनन्कति सडकहरुलाई कहालीलाग्दो सकस हुन्छकतै बाढिपहिरोकतै गहिरो भिरफेरी पनि सडकहरु निरिह… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं