मुक्तकहरु

सकेसम्म सहयोग गरौ अरुलाई कसैको खुट्टा तान्नु हुँदैन
आआफना ठाउँमा सबै ठूला छन्, आफूमात्रै ठूलो ठान्नु हुँदैन
जो मान्छे मलाई चाहिदैन भन्यो झन् छिटो त्यहि काम लाग्छ
त्यसैले जीवनमा कोही मान्छे पनि काम नलाग्ने ठान्नु हुँदैन।

समाजमा शान र ईज्जत टिकाऊछिन् आमाले नै
सन्तानलाई विद्वान बनाई बिकाऊछिन् आमाले नै
जति धेरै पढे पनि आमा बिना अपुरा छौ
जिन्दगीको असल ज्ञान सिकाऊछिन् आमाले नै।

सानो कुरा पाए भने बाहिरी सल्बलाई दिन्छन्
बन्न लाग्या कामसमेत त्यसै खल्बलाई दिन्छन्
कसै सामु नखोल्नू है तिम्रो गन्तब्य को नक्शा
धेरैलाई सोध्यौ भने बाटै अल्मलाई दिन्छन् ।