गीत

हेर्दाहेर्दै भुइँका मान्छे पुगे धेरै माथि
आफूमाथि गए, देश तलै छोडे साथी

कसैसँग प्राण मागे, कसैसँग रगत
आसनसँग साटी खाए बलिदानी फगत
चिच्च्याउँ झै लाग्छ मलाई पिटी आफ्नै छाती

गरिबको दिन फिर्छ भन्थे कहाँ फिर्यो खोई ?
किसान, मजदुर बाँचेका छन् अझै रोई रोई
न बिहान घाम उदायो, न चन्द्रमा राति ।