प्रतिगमनको यात्रा !

झुपडीमा बाँडिएका स्वर्णिम सपनाहरु पूरा नहुदै,
रक्तमुछेल हतियार बुझाएकै दिन प्रतिगमनको भुमि तयार भएकोहो सोल्टी !
किसान र मजदुसामु सुनाइएका भिष्मबाचाहरु पूरा नहुदै,
भर्भराउदो जनसत्ताको हत्या गरेकै दिन प्रतिगमनको बिउ छरिएकोहो सोल्टी !
सोल्टी ! खासमा,
सहिदका बाबा र आमासामु खाइएका दरिला कसमहरु पूरा नहुदै, रक्तिम योद्धाहरुको आत्मसमर्पण गराएकै दिन प्रतिगमन अंकुराएको हो !
न्यायप्रेमी जन-जनहरुमा रोपिएको सुन्दर आश्वासन पूरा नहुदै, सिंहदरबार ताकेकै दिन प्रतिगमन उम्रीएको हो !
पहिलो संबिधानसभा तुहिएको समय प्रतिगमन हुर्कियो हो !
दोस्रो संबिधानसभा रचेकै समय प्रतिगमन फैलियो हो !
कथित संबिधान घोषणाको समय प्रतिगमन दह्रो बनेको हो !
जब जनता ढाटेर डबल नेकपा दुई तिहाइ बनेर संसद छिर्यो,
त्यहीँ समय प्रतिगमन उखर्माउलो स्थापित भएको थियो !
जब सिमापारीका डिजाइनमा ओलीले संसद भंग गरे,
हे हुस्सुराम सोल्टी ! बल्ल थाहा पायौ प्रतिगमन भयो,
अब तिम्रा नाटक र रोइलोले प्रतिगमन फर्किएला त ?
किनकी यस्ले दुर यात्रा तय गरिसकेको छ,
प्रतिगमन झन जब्बर र बिकराल हुदैछ,
त्यसैले सक्छौ भने, हिम्मत गरेर देखाउ,
पहिलो संबिधानसभा फर्काउ !
हाम्रो जनसरकार फर्काउ !
हाम्रो लालसेना फर्काउ !
अनि यो प्रतिगमन ठाडो पुच्छर लाएर भाग्नेछ
अन्यथा तिम्रो रुवाबासी हुनेछ ,दुनियाँ हास्नेछ।