प्रगतिशील लेखक, साहित्यकारले भनेः ओलीले जनताको विश्वासमाथि खेलवाड गरे

पोखरामा प्रगतिशील कवि-लेखक, साहित्यकार तथा कलाकारहरू संसद् विघटनको विरुद्धमा उभिएका छन्। एक विज्ञप्ति जारी गरेर उनीहरूले संसद् विघटन गरिएको घटनाले अत्यन्त चिन्तित बनाएको बताएका छन्।

संसद् विघटन गर्ने सरकारको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको उनीहरूले बताएका छन्। दुई तिहाइ मत प्राप्त गरेको सरकारले संसद् विघटन गरेर नेपाली जनताको आशा र विश्वासमाथि गम्भीर आघात पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ।

कोरोना महामारीले आक्रान्त भएर उपचारसमेत नपाई नागरिकहरूले अकालमै ज्यान गुमाउनु परिरहेको अवस्थामा मध्यावधि चुनाव गर्ने निर्णय अविवेकी भएको उनीहरूको भनाई छ। सरकारको उक्त कदमले देश र जनताका लागि ठुलो आर्थिक बोझ थोपार्ने विज्ञप्तिमा भनिएको छ।

उनीहरूले ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धि समाप्त पार्ने गरी गरिएको संसद् विघटनले प्रतिगमनलाई सघाउ पुर्‍याउने ठहरसहित उक्त कदमको निन्दा समेत गरिएको छ। लोकतन्त्र र अग्रगमनका लागि लेख्दै र गाउँदै आएका उनीहरूले प्रधानमन्त्री केपी ओलीको उक्त कदमको विरुद्धमा दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रेस विज्ञप्ति
यही पौष ५ गते मन्त्रीपरिषद्को निर्णयअनुसार राष्ट्रपतिद्वारा संसद विघटन गरिएको घटनाप्रति पोखरामा क्रियाशील हामी प्रगतिशील कवि–लेखक, साहित्यकार तथा कलाकारहरू अत्यन्त चिन्तित बनेका छौं ।

नेपाली जनताको दुईतिहाई नजिकको मत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारलाई देश र जनताको पक्षमा काम गर्दै समाजवादको दिशामा अघि बढ्न महत्वपूर्ण अवसर हुँदाहुँदै असंवैधानिक र अलोकतान्त्रिक तरिकाले हठात् संसद विघटन गरिनुले नेपाली जनताको आशा र विश्वासमाथि गम्भीर आघात पु¥याएको छ । नेपाली जनता कोरोना महामारीले आक्रान्त भएर उपचार नपाई अकालमै मर्नु परिरहेको यो अवस्थामा मध्यावधि चुनावको घोषणा गरिनु देश र जनताका लागि ठूलो आर्थिक बोझ थोपर्नु मात्र हो ।

सत्तरी वर्षदेखि नेपाली जनताले गर्दै आएको संघर्ष र बलिदानबाट प्राप्त सीमित उपलब्धिलाई समेत कुण्ठित पार्ने र प्रतिगमनलाई सघाउ पुर्‍याउने यस कदमको हामी घोर निन्दा र भत्र्सना गर्दछौं । लोकतन्त्र र अग्रगमनका लागि लेख्दै र गाउँदै आएका हामीहरू हरेक चुनौतीको सामु दुढतापूर्वक उभिन प्रतिबद्ध रहेका छौं ।

१) रामराज रेग्मी
२) डा. रविलाल अधिकारी
३) डा. कृष्णराज अधिकारी
४) नारायण मरासिनी
५) लोकनाथ पुडासैनी
६) काजी गाउँले
७) नारायण परिश्रमी
८) परशुराम कोइराला
९) नुमराज बराल
१०) पोषराज पौडेल
११) यादवराज उपाध्याय
१२) राजेन्द्र पौडेल
१३) भीम रानाभाट
१४) ताराप्रसाद तिमिल्सिना
१५) छविलाल आचार्य
१६) सुरज उपाध्याय
१७) फडिन्द्र अकिञ्चन
१८) कल्पना चिलुवाल
१९) माधव सुवेदी
२०) राजु क्षेत्री
२१) याम राना
२२) सिर्जना ढकाल
२३) विकास लुङ्गेली
२४) निर्मला न्यौपाने
२५) डि.बी. वान्तवा
२६) सन्तोष न्यौपाने
२७) रोशन लामा
२८) चियाङ चोङ तमु
२९) खेम लामा