मुक्तकहरु

१. जनताको रगत पसिना सबै सबै खाएपछि
हाम्रै शत्रुले हाम्रै सिंहासन गजधम्म पाएपछि
पल पल देश गल्दै गयो स्वाभिमान ढल्दै गयो
सरकार चलाउने नेताहरुलाइ कोरना लाएपछि ।

२. पत्रिकामा समाचार भरिएकै छ
गणतन्त्रमा नाम पनि दरिएकै छ
वैलगाडामा अमेरिका पुगिन्न भन्नेहरु
पानीजहाज चढ्दा छक्क परिएकै छ ।

३. भन्न त भनिएकै हो यो खराब छ
हाम्रोलागि सधै सधै यो धराप छ
गास बास कपासमै बित्यो जीवन
तातो जनादेश उसकोलागि सराब छ ।