कविता : भोकको आगो

भोकको भुगोलभरि
जहाँ जहाँ पनि
चुल्हामा अागो बल्छ नि
बुझ्नु
श्रमको ईश्वरले
कुनै बखत
अाधी पेट भएर
हातमा कोदालो बोकेर
तिम्रै खातिर
खेतको छातीभरि
पसिनाले जीवनको गीत लेखेको हो
र त बिस्तारै विस्तारे
निभेको हो तिम्रो कहिले नमेट्ने
भोकको अागो ।
अाफ्नै माटोको गन्धबाट
लखेटिनु
अाफ्नै घरको अाँगनबाट
फ्याकिनु
अाफ्नै खेतको ढिलबाट
धकेलिनु
न्याय त पक्कै होइन।
बईमान
हावाहरुको वेगले
श्रमको फसल तहस नहस गर्दै अाएको छ
कहिले चर्किन्छ घाम
र पर्छ खडेरी
कहिले बर्षिन्छ रिससरी झरी
पट पट खडेरीले फुटेको खेत
वा बाडीले बगाएको खेतको डील सम्झेर
अाफ्नो निधारमा लेखिएको साहुको ऋण
समझिनु कति खतरनाक हुन्छ
बईमान हावाको गीतले
थप्पड हान्दा
घाँटीमा पासो लाएर तुरलुङ झुण्डिदिनु
मज्जा मान्छ
तिम्रो भोक मेट्ने ईश्वर।

मुनाफाखोरहरु
कारपोरेटरहरु
किसानहरुको
पसिनाले भिजेको खेतबारीमा
गिद्धे नजर लाएर बसेको छ
कानुन पास गरेको छ
देशबाट गरीबी हटाउने
देशबाट किसानहरु लखेट्ने।
दिल्ली चलो!
दिल्ली दिलेरीहरुकै शहर हो कि..??
भोक मेट्ने ईश्वरहरु
दिल्लीको ठिहीमा भोकभोकै
लाम लागेर इन्कलाब भन्दैछन
यो देशमा हरबखत असहायहरुमाथि नै किन बर्सन्छ लाठी?
किन चल्छ गोली..??
छाती कुल्चेर हैकामवाद देखाउनेहरु होसियार
भोक तिमेरलाई पनि लाग्छ
भोकको अागो जब सल्कन्छ
चुल्हा तिमीहरु पनि बाल्छौ !!