साहित्यकार, गीतकार ऋषि जमरकट्टेलको गीत बजारमा आएको छ । उनले रचना गरेकोे ‘मनका डिल’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
श्रीमान श्रीमतीको प्रेम विषयमा बनेको यो गीतको म्युजिक भिडियो पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । गीत म्युजिक नेपालको युट्युबमार्फत सार्वजनिक भएको जमरकट्टेलले जानकारी दिए ।
गीतमा संगीत अर्जुन पोखरेल र स्वर प्रमोद खरेलको छ । यसको निर्देशन महेश गोदारले गरेका छन् ।




