पोखरेली युवा सांस्कृतिक परिवारमा मोती

पोखरेली युवा साँस्कृतिक परिवारको शनिबार भएको ४० औं वार्षिक साधारण सभा तथा अधिवेशनले मोती भुजेलको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।

समितिको उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिव डा.चैतन्य अधिकारी, कोषाध्यक्ष अर्जुन अधिकारी, सहसचिव शिव त्रिपाठी, साहित्य संयोजक रीता अधिकारी, संगीत संयोजक एमडी काफ्ले र कला संयोजक हेमकान्ती गुरुङ छन् । सदस्यमा प्रकाश पोखरेली, सुदर्शन पौडेल, दीपेन्द्र थापा अरुण, लिलि अधिकारी र तीर्थ गुरुङ छन् ।