गीत : मैले नदी तर्दा तर्दै तुइन काट्छौ…

मैले नदी तर्दा तर्दै तुइन काट्छौ कहिले
मेरो साँध मिच्छौ, मैलाई गोली दाग्छौ कहिले
रवैया छ चर्को तिम्रो, नियत छैन निको
कहिले दिन्छौ परिचय असल छिमेकीको ?

माटोमाथि आँखा गाड्छौ, पानीमाथि गाड्छौ
डर, धम्की देखाइ स्वार्थ पूरा गरी छाड्छौ
कहिले हिमाल दावी गर्छौ, कहिले बुद्द दावी
कसरी दिउँ बैगुनीलाई पटक पटक माफी ?

मित्रको दिल जलाएर कोही महान् हुन्न
फूलमा तरवार चलाएर कोही महान् हुन्न
झिक चाँडै मगजबाट अहम् भाव झिक
छिमेकीलाई छिमेकीको दर्जा दिन सिक ।