आँखा खुलेकै कारण सपना टुटेको हो
विश्वास गुमेकै कारण रहस्य खुलेको हो
औषधि नभेटिएकै कारण मुटु चर्किएको हो
घातको माला पहिरिएकै कारण घाइते भएको हो।
विश्वास पनि यति बिग्न गरियो
त्यही कारणले असह्य चोट खाको हो
मुटु दुखेकै छ, दुख्छ घरीघरी
त्यही दुखाई सहन गाह्रो
भएकै कारण छाती चर्केको हो
कमजोर त हैन र थिइनँ पनि
कमजोर बनाउन कमसल हरियार प्रयोग
गरेकै कारण बिंड हातमा भाको हो।
गहिरो खेलमा परेकै कारण खेलाडी भाको हो
दुनियाँ बैरो भएकैले न्याय हराएको हो
उनलाई काखमा राखेकैले गला रेट्न सजिलो भाको हो
अब कुनै रेटाइले नदुख्ने भाको छ
दुखाइ बढी भएकै कारण आँसु सुकेको हो
आँसु सुकेकै कारण आँखा ओभानो भाको हो
आशामा तुषारापात भएकैले पीडा सहन गाह्रो भाको हो।





