वैशाख १८ गते २०७७

ताजा समाचार

साहित्य

दुई गजल

१. कहिले अचम्म लाग्छ...... कहिले अचम्म लाग्छ यिनको पारा देखेर पु¥याउनै नसकिने यी अजिङ्गरको आहारा देखेर जीवन बुझ्न नसकेर छट्पटाउँछ ऊ छक्क पर्छु म यो संसार सारा देखेर ।। देश लुट्नेहरु लुटिरहेछन्, छुटिरहेछन् यहाँ न्यायालय नै मौन छ ज्यानमारा देखेर ।। जो जीवनमा लिएर आए या दिएर गए सम्झन्छु म आजकल तिनलाई तारा देखेर ।। २. सम्झन्छु आमा सम्झन्छु अनि गाउँघर सम्झन्छु तिमी समीप हँुदाको प्रहर सम्झन्छु ।। कति पूरा… पुरा पढौ

कविता : सरकार !आऊ मेला हेर्न जाऊँ

सरकार ! यतिबेला देशभरी सन्त्रासको मेला लागेको छ आऊ तिमी पनि भोलि बिहान सबेरै, राजधानीको सडकमा हामी पैदल यात्रा गर्दै जुम्ला, जाजरकोट जाउँला तिमी आफ्नो झोलामा दुई, चार पोका आश्वासन बोक म मेरो झोलामा दुई, चार बोतल आँसु बोकूँला यात्रामा म जस्तै मजदुर भेटिन सक्छन् तिनका झोलामा पनि होलान् दुईचार पुरिया टुक्रिएका सपना दुई, चार प्याकेट बाङ्गाटिङ्गा भाग्य संगै मिलीजुली बाँडेर खाउँला सरकार, तिमी आत्तिनु पर्दैन थाक्यौ भने त्यहाँ प्रशस्तै… पुरा पढौ

कोरोना कहर (बाल कविता)

यति बेला विश्वभर कोरोना कहर छ जीवन लीला सकिन्छ कि भन्ने जनमा डर छ यस्तो बेला नआत्तिई सचेत बन्नुपर्छ हात मिलाए, नजिकिए अनेकमा यो सर्छ ।।१।। पटक–पटक साबुन पानीले हात धुनु राम्रो माक्स, सेनेटाइजरले बच्छ जीवन हाम्रो बाहिर फेर घुम्नु हुन्न घरै बस्नुपर्छ हेलचक्राइँ ग¥यौँ भने फूल झै जीवन झर्छ ।।२।। उच्च ज्वरो, सुख्खा खोकी श्वासप्रश्वासमा बाधा निको हुन सक्छ तत्काल स्वास्थ्यचौकी जाँदा हल्का तातो पानी पिउँदा स्वास्थ्यलाई छ फाइदा… पुरा पढौ

कविता : लाल पानी ट्याङ्की

संसद् भवननाटक भवन होयहाँ कहिल्यै रामलीला चल्छयहाँ कहिल्यै रासलीला चल्छरामलीला र रासलीलाको फ्युजनयहाँ सधैँ लक्ष्मी–लीला चल्छ । जब यहाँ रामलीला चल्छसांसदहरू सेल्फी अपहरणमा पर्छन्जब यहाँ रासलीला चल्छसांसदहरू जुहारी खेल्छन्जब यहाँ लक्ष्मी–लीला चल्छसांसदहरू मध्यरातमामौनव्रत बस्छन्जसो कि महाकाली मञ्चन । संसदीय रडाकोस्याउला युद्ध होकसैलाई एक डोको स्याउला चाहिएको छकसैलाई दुई डोको स्याउला चाहिएको छकसैलाई डोकाका डोका स्याउला चाहिएको छसिकन्दर यो धर्तीलाई अन्तिम बिदाइ दिंदै गर्दाखाली हात गएका थिएयी स्याउला बोकेर जानेछन्यहाँ प्रत्येक… पुरा पढौ

गीत : खोसेको छैन गास तिम्रो

खोसेको छैन गास तिम्रो खुट्टा नतान साथी आएर पछाडिबाट भो शीरमा नहान साथी पाकेको आँप म होइन, झटारो किन हान्छौ के हानी गरें र, तिम्रो दुश्मन मलाई ठान्छौ नरेट गर्दन यो मेरो राखेर अचानो माथि सहन प्रहार सबै कहाँ पाऊँ ढुंगाको छाती म बाँच्दा तिम्रो संसार साँघुरो हुने नि हैन म मर्दा तिम्रो संसार विशाल हुने नि छैन सामुन्ने भेट्दा हमेसा दर्शन हजुर भन्छौ पर्दा पछाडि बसेर जरो त मेरो… पुरा पढौ

नुवाकोटको बट्टार साहित्य उत्सव

हरेक प्रथम कुराहरु स्मरणीय हुन्छन्, पहिलो आँखाले प्राप्त गर्दाको अनुभूति अपरिमित हुन्छ । त्यस्ता क्षणहरुलाई मनको आँखाले कलात्मक ढङ्गले फोटो खिचेको हुन्छ, त्यही कलात्मक फोटोले मानिसलाई सधैँभरि मीठो स्मृतिमा रम्न सिकाइरहेको हुन्छ । तिनै प्रथम दृश्यहरु आँखामा छाइरहेका हुन्छन् । काठमाडौँबाट अत्यन्तै नजिक रहेको जिल्ला भए पनि मेरो नुवाकोटसम्म राम्ररी घुम्न जाने मौका जुरिसकेको थिएन । उसो त यस्ता अवसरहरु नजुरेका थुप्रै जिल्लाहरु छन्, यीमध्ये नुवाकोट पनि एक थियो ।… पुरा पढौ

लघुकथाः आत्मविश्वास

आसा र निरासाकोे स्कुल नजिकै बाटैको छेउमा दुईवटा गुलाफका बोटहरु थिए । ती मध्ये एउटा ढकमक्क फूलेको र अर्को किक्रिक्क परेको थियो । एक दिन आसाले ढकमक्क फूलेको गुलाबको बोटलाई सोधिन्, “सँगैमा छेउको साथी किक्रिक्क परेको छ, तिमी चाहीं कसरी यस्तो कलकलाउँदो भयौं ?” “यो बाटो हिड्ने मान्छेहरुले जत्ति नै टिपेपनि म फेरी फूलीहाल्छु । म कहिल्यै रित्तिन्न । बाटो हिड्ने सबैलाई सुगन्ध र सौन्र्दय दिई आनन्दित बनाउन पाएकोमा म… पुरा पढौ

कविता : स्वरुप

मानिसहरुले के भन्ने हुन यदि मानिस कुरुपमात्रै यो भने यदि मानिस सुन्दरमात्रै भयो भने ? चटक्क मिलेकी त मेनका हुन सक्छिन् उर्वसी हुन सक्छिन् मिलाएर बनाएको मुर्तिजस्तै एक कथाकी राजकुमारी हुन सक्छिन् राजकुमार हुन सक्छन् देव इन्द्र हुन सक्छन्, कृष्ण हुन सक्छन् तर कृष्ण काला किन भएका ? शंकर किन कुरुप र सुन्दर भएका ? इन्द्र, कृष्ण पनि चटक्कै मिलेका थिए त ? किन इन्द्रको सुन्दर मनले अहिल्याको सुन्दर मनलाइ… पुरा पढौ

कविता : आमा

हिजाे अाज जस्तै जीवन थिएन रे अामाअभावै अभाव र अन्धविश्वाशकाे कहरबुहार्तनका विभेदकारीअदृश्य ती जहरबाेकेर गाग्राेभरि अँधेरि कुवाकाे पानीढिकी जाँतो गर्थ्यौ रे बाेकी सानो नानीरातमा सल्ले दियालाे टुकी बत्ती बाली । पिठ्यूँमा भारी बाेक्दा कोखमा सानाे नानीभान्छा रछ्यान भकाराे काम मेशीनै बनीगैह्री खेत हलपछि धान राेप्थ्यौ रे अामाकति साहो कति गाह्रो धन्य त्यो जीवनअाफ्नाे जीवन स्वतन्त्रताअरुलाई सुम्पीबाल विवाह अनमेल बहु बिहे र धम्की छाउपडी ,दासी,जीवन सति प्रथा भोग्यौनिराहार,व्रत बसी तिमी नै… पुरा पढौ

कविता : फेरि एक आँधी

म उभिएको जमिनकोठिक तल प्रतिध्रुवमाफैलिएको छ बिशाल सागरत्यही सागरको पिंधबाट ठिक माथीयुगौ देखिलम्पसार छ मेरो देश यहाँ पहाडसँगैउसैगरी अग्लिरहेछ्नदुखका पहाडहरु यहाँ नदिसँगैउसैगरी बगिरहेछ्नआँसुका नदिहरु यहाँ घामसँगैउसैगरी अस्ताईरहेछ्नउज्यालोका गीतहरु यहाँ हरेक यामबेस्सरी हुइकिन्छ्न पवन देवर उडाउँछ्न खरकै छानाहरुउसैगरी रापिन्छ्न सूर्यदेवर जलाउँछ्न पसिनाका फूलहरुअनि बेस्सरी वर्षीन्छ्न इन्द्रदेवर बगाउँछ्न बस्तिका सपनाहरु म उभिएको ठिक प्रतिध्रुवमाविराजमान छएउटा विशाल देशत्यही देशको कुनै चट्टानमाउभिएका छन्जर्ज ,जेफरसन ,रुजभेल्ट अनि लिङ्कनत्यही चट्टानको प्रतिध्रुवमासदियौं पछाडिलम्पसार छ मेरो देशर यहाँका… पुरा पढौ