पुस्तक समीक्षा : कोभिड्को ऐतिहासिक अनुभूति

यो पुस्तक “पुनर्जन्म” चीनको वुहान शहर बाट उत्पन्न ’कोभिड–१९’ महामारी बाट विश्व लगायत नेपाली जनजिवन आतंंकित र त्रासदीको वातावरणले गुज्रिएको समयमा एउटा व्यक्ति वा परिवारले भोग्नु परेको यर्थाथता एक हप्ता भित्रमा परिवारको ३ जना सदस्य गुमाउँदाको पिडा,त्रास र मानविय कमजोडीले निम्त्याउने परिणाम र भोगाईको संस्मरण हो ।

महामारीको कारण विश्व एउटा वन्दीगृह बनिरहेको डरत्रासको अगाडी मानवता कमजोड भएको वेला वा मानवता हारि रहेको त्यो समय आफ्नो मुटूभन्दा प्यारो मानिस जिवन र मृत्युको लडाँई लडिरहदाँ म छु नि तिम्रो साथ भन्ने कोहि नपाएको सन्टाको त्यो समयको व्यथा हो र यस पुस्तक भित्र विविध २७ अध्धायमा रहेको छन ।

लेखक राम विनयजीसगँ नेपाली साहित्यमा ४५ वर्षको लामो अनुभव रहनुको साथै दर्जनौ साहित्यक पुस्कार सम्मानबाट सम्मानित हुनूहुन्छ । विं. सं. २०४७ सालबाट कविता यात्रा, कविता संङग्रह, नियात्रा, आत्मपरक निबन्ध हुदै पुनर्जन्मं (संस्मरण, २०८१) निरन्तर रुपमा कलम चलाई रहनु भएको पाईन्छ । उमेरको लामो अनुभव, पेशागत रुपमा बैकिङ्ग क्षेत्रको ज्ञान र राजनितीक अनुभवले समेत निखारीएको व्यक्तित्वको छाँया यस कृतिमा पाउँन सकिन्छ । साहित्य प्रतिको उहाँको लगाव मोह भने जुजारु युवा जस्तो जोस जाँगरले भरिएको अविरल पाउँन सकिन्छ ।

“पुनर्जन्म” एक नास्तिक व्यक्ति आस्तिक रुपमा परिर्वतन( जब सबै ढोका बन्द हुन्छ अनि भगवानको शरणमा पुग्छ मानिस) । हरेक कुरा समय सगै परिर्वतनशिल छ त्यसैले जिवन भोगाईको अनुभव सगै मानिसको विचारमा पनि परिर्वतन हुनू स्वभाविक हो । एउटा व्यक्तिको कारण समाजमा परिर्वतल आउँछ भने त्यहि समाजको वातावरण परिवेश र संस्कार अनुरुप मानिसमा पनि परिर्वतन आउँदछ र्। समाजका विभिन्न कारणहरुले मानिसमा नैराश्यता,अलगाव र वितृष्णाले एक्लोपना उत्पन्न हुन्छ जसले मानिसलाई आत्माहत्या बाटोमा प्रेरित गर्दछ’– दुर्खिम ।

कोभिडको कारण उत्पन्न अन्र्तराष्ट्यि र राष्ट्यि अवस्थाको केहि झल्कहरुको चित्रण, पारिवारिक संस्कार र संरचनाको उल्लेख, वातावरण प्रदुषण प्रतिको संचेतना र संक्रमित वातावरण प्रतिको सजकता बारेमा , विरामी र विरामीको परिवारको मनोदशा र भागदौडको चित्रण र्गनु भएको छ । मानविय लापरवाही र अग्रज प्रतिको थोरै गुनासोको उठान साथै डर, त्रास, दोषारोपण, पश्चताप र भ्रामक प्रसारहरुको चित्रण लेखकले प्रष्ट उल्लेख गर्नु भएको छ ।

आन्तरिक द्धन्द्ध (आफ्mै भित्रको मनोदसा, पिडा, कुन्ठा र निराशा ) तथा बाह्य द्धन्द्धको (स्वाथर्कमीको असम्वेदनशीलता अमानविय व्यवहारका वाबजुद उनिहरु प्रति सहनुभतिू र देशको संविधान प्रति प्रतिप्रश्न) चित्रण पाईन्छ । देशको चिकित्सक सेवाको स्थिती र लाचारिपनको र एकै पटक परिवारका ३ सदस्य गुमाउदाँको छटपट्टि पिडाँ, सम्वेदनाको प्रष्ट चित्रण पाईन्छ । कोभिडको कारण मानिसको स्मरणशक्ति कमजोर हुन्छ भन्ने कुरा गलत सावित देखिन्छ संक्रमणको त्यो चरणबाट गुज्रिनु भएको लेखक स्यमको स्मरणशक्तिमा कहि पनि कमि देखि दैन(डाक्टर देखि औषधि तथा उपचार विधि सविस्तार उल्लेख पाईन्छ) ।

सरल भाषा प्रयोग भएतापनि केहि नेवारी शब्दहरु (ढमाङ, ढम्बया, टरि बा) केहि अग्रेजी( फेमिली फस्ट, कम्पोरमाईज) को प्रयोग पाईन्छ । २५ औ अध्यार्य पुटिङ द लास्ट, फस्ट’ परिवारको महत्वलाई देखाईएको छ । एकजना लाई चोट लाग्दा अर्काेलाई दुखेन भने त्यो परिवार हुदैन, लेखक भन्नु हुन्छ मेरो हकमा परिवार पहिला भएको छ । यसै अध्यायमा देशको अर्थतन्त्र “खाडी, कोरिया लगायतका देशबाट आएको रेमिटयान्सले देश चलेको छ । यो कमाइ भनेको घर जलाएर खरानी बेचेर आएको पैसा जस्तो हो” र समाज प्रति चिन्ता दर्शाउदै ब्रेन ड्ेनलाई नरोक्ने हो भने देश वर्षमा नेपाल वृद्धाश्रम बन्नेछ ।केहि घटना दोहोरिएर, तेरिएर उल्लेख गरिएको छ ।

विभिन्न व्यक्तिहरुको नाम उल्लेखछ तर तपाईलाई पुनर्जन्म दिन मूख्य भुमिका खेल्ने डाक्टरको नाम छैन किन होला ? जिवन र मृत्युको दोसादमा लडिरहदाँ अग्रज प्रतिको गुनासो ३ ठाँउमा विभाजित छ , एकै ठाँउमा भएको भए पाठकको बुझाईका सहज हुन्थ्यो।

समग्रमा यो पुस्तक आगामि पुस्ताको लागि एउटा उपहार सावित हुने नै छ । तत्कालिन विश्व लगायत नेपाली जनजिवनको यर्थाथ भोगाईलाई प्रष्ट चित्रण गर्न लेखक सफल हुनू भएको छ । मेरो व्यक्तिगत तर्फबाट लेखक राम विनयजी लाई साहित्यीक यात्रामा सफलताको शुभकामाना पुस्तक “पुनर्जन्म” बारेमा समिक्षा लेख्ने अवसर प्रदान र्गनु भएकोमा र्हादिक नमन । सम्पुर्ण साहित्य प्रेमी पाठक वर्गमा एक पटक यो पुस्तक “पुनर्जन्म” पढन र्हादिक अनुरोध गर्दछु ।