
तिम्रो महँगो इमान
मेरो अमूल्य स्वाभिमान
तिम्रा आडम्बर वरिष्ठ पहिचान
मेरो मात्र यथार्थ प्रति अडान
तिम्रो भेदी सत्य खोल्ने आफ्नै सजात छन्
म भित्रको चिन्तन अविघात छन्
तिम्रा साथ भगत जमात छन्
मेरा साथ सुरुवात तदर्थ प्रभात छन्
म अकिञ्चन हुँ मलाई
लुटिन डर छैन
आफै लुट्छौ फेरी तिमीलाई आफू
जस्ता कै भर छैन
बेचि बहुमूल्यमा इमान
पाएका रहेछौ मूल्यवान अभिमान
तदर्थ तिम्रो महँगो इमान
मेरो अमूल्य स्वाभिमान
सागरमा पुग्ने चाह तिम्रो
नदी सरि बग्ने राह मेरो
नगरेर कसैको पर्वाह तिमी
फैलाउछौ प्रतीयमान अफवाह
एक आकृति तर
अनेक तिम्रो प्रकृति रहेछ
ल्यागत तिम्रो दुस्कृति
स्वीकृत तिमीलाई विकृति रहेछ
तिम्रा चातुर्य मेरो चैतन्य
तिम्रो सामान्य मेरो अनन्य
तिमी अन्त्य म अनन्त
तिमी उप्रान्त नै मेरो बसन्त
मैले आर्जेको ज्ञान
तिमीले कमाएका सम्मान
यसर्थ तिम्रो महँगो इमान
मेरो अमूल्य स्वाभिमान