
अखिल नेपाल लेखक संघ तेस्रो राष्ट्रिय सम्मेलनले मुक्तक थेबाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा ममता सुर्खेती, महासचिव सुरज उपाध्याय, सचिव हरिलाल महतरा र कोषाध्यक्षमा कर्ण दयाल छन् । महासचिव सुरज स्याङ्जा घर भई पोखरामा क्रियाशील साहित्यकार हुन् ।

यस्तै समिति सदस्यमा भीम भारती, खोमा तरामु मगर, छत्रबहादुर बम, सम्झना विक, सजना गोले, ज्ञानु केसी, कपिल सिजापती, रमेश सि बिक्रान्त, शक्तसिंह रोकाय, लोकेश जैशी, सुमन सी, ईश्वर थोकर, प्रजिना दर्नाल, प्रदीप रहाडी मगर, निसान पट्टेल, तेज योन्जन, रिना बोमजन, जनक सी, प्रवीण धामी, आर पी तिमल्सिना, चन्द्रीका मोक्तान, संगीत सी छन् ।
यस्तै, जमुना श्रेष्ठ, शितल थोकर, राजेन्द्र साउद, बुद्धिराम भुसाल , सुर्य गोले, सिला यादव केन्द्रीय सदस्य चुनिएका छन् ।