नेपाली लेखक संघ गण्डकी प्रदेशको शनिबार भएको दोस्रो अधिवेशनबाट दीपक समीपको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ ।
समितिको उपाध्यक्षमा लक्ष्मण थापा र महिला उपाध्यक्षमा हिममाया पौडेल, महासचिव सञ्जीव पौडेल, सचिव – मोती च्वाई र कोषाध्यक्षमा चन्द्रावती वाग्ले छन् । अधिवेशनबाट सदस्यमा रमेशमोहन भट्टराई, मणि प्रसाद डुम्रे, केशव प्रसाद अमगाई र अम्बिका भट्टराई चुनिएका छन् ।

नेपाली लेखक संघ गण्डकी प्रदेशको आयोजनामा शनिबारै दौंतरी शृंखला ४ भएको छ । शृंखला अन्तरगत लोकगायिका एवं कवि हरिदेवि कोइराला र कवि सरस्वती श्रेष्ठ सरुका सिर्जनायात्रासहित रचनावाचन भएको हो । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष डा ईश्वरमणि अधिकारीले गरेका थिए ।




