एकल महिला समूह कास्कीमा नयाँ नेतृत्व

मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीको चौथो साधारणसभा तथा पहिलो अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । समूहको अध्यक्षमा विष्णु श्रेष्ठ निर्वाचित भएकी छन् ।

समूहको निवर्तमान अध्यक्षमा जूना केसी, उपाध्यक्ष सकुन्तला केसी, सचिव रुपकला गुरुङ र कोषाध्यक्षमा सुशीला तिवारी चुनिएका छन् । समितिका सदस्यमा सरस्वती कार्की, रिना शर्मा रेग्मी, तारा परियार, कल्पनाकुमारी पौडेल, लक्ष्मी अधिकारी र सुशीला घिमिरे छन् ।

एकल महिला समूहले विभिन्न कारणले एकल बनेका महिलालाई संगठित गर्दै सशक्तीकरण, आर्थिक आर्जन, सचेतना र समृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।