गीत: जोगाउँ हुर्काउँ प्यारो गणतन्त्र…

१) जोगाउँ हुर्काउँ प्यारो गणतन्त्र साथी!
अब यात्रा हाम्रो हुन्न कि यो माथि ?

सहिदको रगतले लेखेको हो कथा
नेपालीले भुल्ने छैनन सङ्घर्षको व्यथा
रगत आँसु पसिनाले भिजेको छ धर्ती
सन्सारमा बढेको छ साम्राज्यको भर्ती


२) गणतन्त्र हाम्रो जीवन हो साथी !
अर्को यात्रा हुन्न कि यो माथि ?

सन्सारमा बढेको छ पूँजीवादी धन्दा
सभ्यतालाई डढाउने लडाइको फन्दा
फुलजस्ता मानिसलाई छियाछिया पार्ने
बम गोला पड्काएर जिन्दगानी मार्ने

३) विकास निर्माण समृद्धि सभ्यता
यही हो हामी सबैको भव्यता !