बंगलादेशमा पोखरेली टोलीको सांस्कृतिक प्रस्तुति

लेखनाथ साहित्य प्रतिष्ठान, नेपालको तर्फबाट वंगलादेश गएको पोखरेली टोली त्यहाँ सांस्कृतिक कार्यक्रम सकेर मंगलबार पोखरा फर्किएको छ ।

पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति तथा लेखनाथ लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको नेतृत्वमा गएको टोली ११ सदस्यीय थियो । टोलीमा टोलीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङ, कलाकारहरू नमराज क्षेत्री, कमलबहादुर गुरुङ, दामाया गुरुङ, पवित्रा गुरुङ, सृष्टि गुरुङ, ब्राजिल तामाङ, मैसम गुरुङ र रोहित गुरुङ थिए ।

वङ्गलादेश र नेपालको सांस्कृतिक आदानप्रदान कार्यक्रम पहिलो दिन ढाकामा भएको थियो । कार्यक्रममा बङ्गलादेशका संस्कृति मन्त्री नितई रोय चौधरी, नेपाली राजदूत घनश्याम भण्डारी, पोखरा प्रथा प्रतिष्ठानका संस्थापक कुलपति ढकाल, बङ्गलादेश नेपाल मैत्री संघका अध्यक्ष मशिउर अहमद, सचिव सलाउद्दिन कुटु लगायतले दुई देशको सम्बन्धबारे चर्चा गरेका थिए ।

वक्ताहरुले ५४ वर्षअघि कूटनीतिक सम्वन्ध स्थापना भएको समयदेखि नै पर्यटन, संस्कृति, उद्योग, व्यापार, शिक्षा, स्वास्था आदिको विकासका निम्ति दुवै देशले मिलेर काम गरिरहेको बताएका थिए ।

नेपाल फेस्टिवलÚ नामको सो कार्यक्रममा नेपालको तर्फबाट त्यहाँ अध्ययन गरिरहेका
विद्यार्थीहहरुले Úफुड फेस्टिवलÚ अन्तर्गत विभिन्न खानेकुराका स्टल राखेका थिए ।

सांस्कृतिक कार्यक्रममा नेपालको तर्फबाट नेत्यहरुमा सारठी, नेवारी, सखिया, झ्याउरे र गीततर्फ कौरासहित विभिन्न गीत प्रस्तुत गरिएका थिए । दोस्रो दिनको कार्यक्रममा पर्यटन तथा नागरिक उड्यन मन्त्री अफरोजा खानम, नेपाली राजदत घनश्याम भण्डरी, प्रहरी सुपरिटेन्डेन्ट महम्मद ससार अलाम, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्यमराज ढकाल, वंगलादेश नेपाल
मैत्री संघका सदस्य सचिव सलाउदित कुटु, अध्यक्ष मसिउर अहमद लगायतले यस्ता कार्यक्रमले दुवै देशको पर्यटन, संस्कृति, शिक्षा, दस्वास्थ, व्यापार आदिको विकासका सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी र बङ्गलादेशका कलाकारले समेत विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।