ताजा समाचार

विश्व

मलेसिया खुलाउने छलफल सकियो, निर्णय शुक्रबार

करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच दोस्रो दिनको छलफल बुधबार सकिएको छ ।  मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्रजायामा भएको संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो । यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आआफ्ना धारणा राखेका थिए ।  ‘वार्तामा दुवै मुलुकका प्रतिनिधिले आफ्ना धारणा राखेका छौं । केही विषयमा सहमति नजिक पुगेका छौं ।’, बैठकमा नेपाली… पुरा पढौ

ट्रम्पको सर्वाधिक चासो सोयाबिन र सुँगुरको मासु, चीनले दिएन छुट

चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ । यी कर छुटहरु आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ । छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्रीहरु र क्यान्सर प्रतिरोधी औषधिहरु समेत रहेका छन् । यो कर छुट एक वर्षसम्म कायम हुनेछ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको… पुरा पढौ

चन्द्रमामा भेटियो भारतीय चन्द्रयान–२

भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ ल्याण्डर विक्रम चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ । इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएको स्थानमा पत्ता लागेको जानकारी दिएका हुन् । अर्बिटरले ल्याण्डरको केही तस्विर (थर्मल इमेज) खिचेको छ । यद्यपि, अर्बिटरद्वारा लिइएको ल्याण्डरको तस्विर इसरोसम्म आइपुगेको छैन । विक्रमसँग सम्पर्क कायम गर्न अझै पनि प्रयास जारी रहेको छ । सिवनले ल्याण्डर अवतरण भएको पत्ता लागेपनि… पुरा पढौ

अफगानिस्तानमा थप १२ लडाकू मारिए

अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् ।  अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो । सो सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएको पनि… पुरा पढौ

चन्द्रयान-२ असफल भएपछि मोदीले हाने साहित्यिक झटारो

भारतले चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको ‘विक्रम ल्याण्डर’लाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष संस्थान ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन’ (इसरो)मा राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार विहान इसरो पुगेर वैज्ञानिकहरुसँग भेटघाट गरेका थिए ।  उनले देशको नाममा सम्बोधन गर्दै आफ्नो अन्तरिक्ष वैज्ञानिकलाई चन्द्रयान–२ अन्तिम समयमा सम्पर्कविहिन भएको र त्यसमार्फत पूर्वनिर्धारित लक्ष हासिल नभएकोमा चिन्तित नहुन आग्रह गरेका छन् ।  उनले… पुरा पढौ

भारतको चन्द्रयान-२ सम्पर्कविहीन

भारतको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क टुटेको छ । चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन् । इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताएका छन् । उनले भनेका छन्, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’ चन्द्रयान-२ को विक्रम ल्याण्डर… पुरा पढौ

जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको निधन

जिम्बाबेका चर्चित पूर्व राष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा आज शुक्रबार निधन भएको छ । उनी स्वास्थ्यसम्बन्धी विभिन्न समस्या झेलिरहेका थिए । उनको सिंगापुरको एक अस्पतालमा गएको अप्रिलदेखि उपचार भइरहेको थियो ।  उनको परिवारले बीबीसीसँगको कुराकानीमा मृत्युको पुष्टि गरेको छ । उनी नोभेम्बर २०१७ मा सैनिक कू मार्फत् पदबाट हटाइएका थिए । त्यसपछि उनको तीन दशक लामो सत्ताको अन्त्य भएको हो ।  उनले जिम्बाबे स्वतन्त्र भएपछिको पहिलो निर्वाचन जितेका थिए… पुरा पढौ

दक्षिण कोरियामा ‘नो ब्रा मुभमेन्ट’ को यस्तो तरंग

दक्षिण कोरियामा अहिले ‘नो ब्रा मुभमेन्ट’ चलिरहेको छ । यो अभियान स्थानीय महिलाले #NoBra का साथ सामाजिक सञ्जालमा चलाएका हुन् । महिलाहरुले ब्रा नलगाएका तस्बिर खिचेर सामाजिक सञ्जालमा प्रस्तुत गर्ने होड चलेको छ ।  यो अभियानको शुरुवात कहाँबाट र किन भइरहेको छ ? यसको शुरुवात दक्षिण कोरियाकी गायिका तथा अभिनेत्री सुलीले आफ्नो इन्स्ट्राग्राममा ब्रा नलगाई खिचेको फोटो सार्वजनिक गरेपछि भएको हो । इन्स्ट्राग्राममा उनका लाखौं फलोअर छन् । हेर्दाहेर्दै यो… पुरा पढौ

अमेरिकामा फेला पर्‍यो दुईवटा टाउका भएको अनौठो सर्प

अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अनौठो सर्प फेला परेको छ । वातावरणवादी समूह अध्ययन भ्रमणका लागि सो स्थानमा जाँदा त्यस्तो सर्प भेटिएको हो ।  त्यसको नाम डबल डेभ राखिएको छ । सो सर्पका पूर्ण विकसित दुईवटा टाउका, चारवटा आँखा र दुईवटा जिब्रो पाइएका छन् । ती सबैले स्वतन्त्रतापूर्वक काम गरिरहेको देखिएको छ । वातावरणविद् डेभीड स्केनदरले सो सर्पलाई बाँच्न निकै कठीन जस्तो देखिएको जनाए । उनी र उनका साथीले… पुरा पढौ

काबुलका नेपाली भन्छन्, ‘हामीलाई बचाऊ’

दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् । सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।  विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जनलाइदिएका हुन् । स्थानीयको भीडलाई… पुरा पढौ