बाढी पहिरोका कारण २३ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा प्रधानसेनापतिसहित ८ को मृत्यु

सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति बेपत्ता

सैनिक हेलिकप्टर आकस्मिक अवतरण, प्रधानसेनापति नै बेपत्ता !
ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति सेन यी मिङ बेपत्ता भएका छन् । सेन यी मिङसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । सेन यी मिङ हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए । त्यस क्रममा हेलिकप्टर आकस्मिक अवतरण गरिँदा प्रधानसेनापति मिङ बेपत्ता भएको बताइएको छ । हेलिकप्टरमा सवार केहीको…
पुरा पढौ
कारागारमा झडप हुँदा १६ कैदीको मृत्यु

‘टिकटक’ माथि प्रतिबन्ध !
अमेरिकी सेनाले सुरक्षाको कारण देखाउँदै ‘टिकटक एप’ को प्रयोगमा रोक लगाएको छ । सेनाले कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा ‘टिकटक एप’ चलाउन रोक लगाएको हो । चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको उक्त एपलाई अमेरिकासहित विभिन्न मुलुकले कडा निगरानीमा राखेका छन् । अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमहरूलाई उक्त एपलाई साइबर खतराका रूपमा हेरिएको बताएकी छिन्। उक्त एपको प्रयोग दिनानुदिन बढ्दै जाँदा अमेरिका लगायतका देशहरु भने…
पुरा पढौ
‘डन पत्रिकाका सिइओले मेरो बलात्कार गरे’
पाकिस्तानी चलचित्र निर्देशक जमशेद महमूदले गत अक्टुबरमा एक मिडिया घरानाका मालिकले १३ वर्षअघि आफूमाथि बलात्कार गरेको आरोप लगाएका थिए । जमशेदको आरोपपछि त्यतिबेला निकै खलबली मच्चिएको थियो । सो समय उनले बलात्कारका आरोपीको नाम खुलाएका थिएनन् । सोमबार भने उनले आफूलाई बलात्कार गर्ने पाकिस्तानको चर्चित अङ्ग्रेजी पत्रिका डनका सिइओ हामीद हारुन रहेको खुलासा गरेका छन् । जमी भनेर चिनिने जमशेदले शनिबार राति एक नयाँ ट्वीटर अकाउन्ट खोलेका थिए । त्यही…
पुरा पढौ
भारतको महाराष्ट्रमा मन्त्रिमण्डल विस्तार
भारतको महाराष्ट्रमा मन्त्रीमण्डल विस्तार हुँदैछ । उद्धव ठाकरे सरकारले एक महिनापछि पहिलो पटक सोमबार मन्त्रीमण्डल विस्तार गर्न लागेको हो । विधानभवन परिसरमा आइतबार राति यसको तयारी पूरा गरिएको भारतीय संचार माध्यमहरुले लेखेका छन् । ठाकरेले ३६ नयाँ मन्त्रीलाई सपथ दिलाउने छन् । नयाँ मन्त्रीमा कांग्रेस नेता अशोक चव्हाण, पृथ्वीराज चव्हाण र अजित पवारको नाम अग्रस्थानमा रहेको बताइएको छ । गत २८ नोभेम्बरमा मुख्यमन्त्री ठाकरेसंग शिवसेना, कांग्रेस र राष्ट्रवादी कांग्रेसका २–२…
पुरा पढौ
रावत बने भारतको पहिलो सीडीएस, यस्तो छ भूमिका
भारतीय सेना प्रमुख बिपिन रावत देशका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बन्न सफल भएका छन् । रावत सोमबार सीडीएसमा नियुक्त भएका हुन् । ६१ वर्षीय रावतको सेना प्रमुखको कार्यकाल मंगलबार सकिएको छ र उनको नयाँ कार्यकाल अर्को आदेश आउन्जेल जारी रहने छ । गत अगष्ट १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीडीएसको पद घोषणा गरेका थिए । यसका लागि अधिकतम आयु ६५ वर्ष तोकिएको छ । कस्तो छ भूमिका…
पुरा पढौ
आगलागीका कारण ३० हजार विस्थापित







