विश्व

प्रेमीले अस्पतालमा भर्ना भएकी प्रेमिकालाई हेर्न आउँछु भनेपछि…

भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् । चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् !’ प्रेमीले आफूलाई कमजोर नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् । रेस्पिरेटर… पुरा पढौ

उडेको पाँच मिनेटमै सैन्य विमान दुर्घटना, १८ जनाको मृत्यु

सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ। घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ। प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । यो विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो। सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताए अनुसार मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण छन्।… पुरा पढौ

बाढी पहिरोका कारण २३ जनाको मृत्यु

इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा आएको ठूलो बाढी र पहिरोका कारण दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरुले… पुरा पढौ

हेलिकप्टर दुर्घटनामा प्रधानसेनापतिसहित ८ को मृत्यु

ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा बेपत्ता भएका भनिएका सेनापतिसहित ८ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । प्रधानसेनापति सेन यी मिङसहित १३ जना सवार ब्ल्याक हक हेलिकोप्टरमा समस्या आएपछि बिहीबार उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरणको क्रममा दुर्घटना भएको थियो । हेलिकोप्टरमा सवार ५ जनाको भने जीवितै उद्धार गरि उपचार भइरहेको रक्षा मन्त्रालयले जनाएको छ। उनी उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए। जनवरी ११ मा संसद र… पुरा पढौ

सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति बेपत्ता

ताइवानमा बिहीबार बिहान सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा त्यहाँका प्रधान सेनापति बेपत्ता भएका छन्। ताइवानी रक्षा मन्त्रालयका अनुसार उनीसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको हो। वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङ हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए। त्यस क्रममा हेलिकप्टर आकस्मिक अवतरण गरिँदा उनी बेपत्ता भएको एजेन्सीले जनाएको छ। हेलिकप्टरमा सवार केहीलाई जीवितै उद्धार… पुरा पढौ

सैनिक हेलिकप्टर आकस्मिक अवतरण, प्रधानसेनापति नै बेपत्ता !

ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति सेन यी मिङ बेपत्ता भएका छन् ।  सेन यी मिङसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।  सेन यी मिङ हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए । त्यस क्रममा हेलिकप्टर आकस्मिक अवतरण गरिँदा प्रधानसेनापति मिङ बेपत्ता भएको बताइएको छ । हेलिकप्टरमा सवार केहीको… पुरा पढौ

कारागारमा झडप हुँदा १६ कैदीको मृत्यु

मेक्सिको कारागारमा कैदी कैदीबीच भएको झडपमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मङ्गलबार दिउसो सो झडप भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयानुसार दिउँसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो ।प्रदेश राजधानी जाकातेकासबाट १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर अवस्थालाई आफ्नो नियन्त्रणमा लिएको सार्वजनिक सुरक्षा… पुरा पढौ

‘टिकटक’ माथि प्रतिबन्ध !

अमेरिकी सेनाले सुरक्षाको कारण देखाउँदै ‘टिकटक एप’ को प्रयोगमा रोक लगाएको छ । सेनाले कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा ‘टिकटक एप’ चलाउन रोक लगाएको हो । चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको उक्त एपलाई अमेरिकासहित विभिन्न मुलुकले कडा निगरानीमा राखेका छन् ।  अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमहरूलाई उक्त एपलाई साइबर खतराका रूपमा हेरिएको बताएकी छिन्। उक्त एपको प्रयोग दिनानुदिन बढ्दै जाँदा अमेरिका लगायतका देशहरु भने… पुरा पढौ

‘डन पत्रिकाका सिइओले मेरो बलात्कार गरे’

पाकिस्तानी चलचित्र निर्देशक जमशेद महमूदले गत अक्टुबरमा एक मिडिया घरानाका मालिकले १३ वर्षअघि आफूमाथि बलात्कार गरेको आरोप लगाएका थिए । जमशेदको आरोपपछि त्यतिबेला निकै खलबली मच्चिएको थियो । सो समय उनले बलात्कारका आरोपीको नाम खुलाएका थिएनन् । सोमबार भने उनले आफूलाई बलात्कार गर्ने पाकिस्तानको चर्चित अङ्ग्रेजी पत्रिका डनका सिइओ हामीद हारुन रहेको खुलासा गरेका छन् । जमी भनेर चिनिने जमशेदले शनिबार राति एक नयाँ ट्वीटर अकाउन्ट खोलेका थिए । त्यही… पुरा पढौ

भारतको महाराष्ट्रमा मन्त्रिमण्डल विस्तार

भारतको महाराष्ट्रमा मन्त्रीमण्डल विस्तार हुँदैछ । उद्धव ठाकरे सरकारले एक महिनापछि पहिलो पटक सोमबार मन्त्रीमण्डल विस्तार गर्न लागेको हो । विधानभवन परिसरमा आइतबार राति यसको तयारी पूरा गरिएको भारतीय संचार माध्यमहरुले लेखेका छन् ।  ठाकरेले ३६ नयाँ मन्त्रीलाई सपथ दिलाउने छन् । नयाँ मन्त्रीमा कांग्रेस नेता अशोक चव्हाण, पृथ्वीराज चव्हाण र अजित पवारको नाम अग्रस्थानमा रहेको बताइएको छ ।  गत २८ नोभेम्बरमा मुख्यमन्त्री ठाकरेसंग शिवसेना, कांग्रेस र राष्ट्रवादी कांग्रेसका २–२… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं