विश्व

बेलायती व्यापार मन्त्रीद्धारा सांसद र मन्त्रीबाट राजीनामा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका भाईले मन्त्री तथा सांसद दुवै पदबाट राजीनामा दिएका छन् ।  व्यापारमन्त्री बनेका बोरिसका भाई जो जोनसनले बिहीबार मन्त्री र सांसद पद त्यागेको घोषणा गरेका हुन्  ।  राष्ट्रको स्वार्थका लागि आफूले पारिवारिक सम्वन्धलाई समेत बचाईराख्न नसकेको उनले बताए । सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै जोले भनेका छन्, “पछिल्ला केही हप्ता पारिवारिक सम्वन्ध र राष्ट्रिय स्वार्थको दुई छुट्टा छुट्टै बाध्यताबाट चेपिएको थिएँ ।” “यो दोधारलाई समाधान गर्न धेरै प्रयास… पुरा पढौ

अमेरिकामा दुर्घटना, एकै परिवारका ३ नेपालीको मृत्यु

अमेरिकाको मिसौरी हाइवेमा गएको मंगलबार सवारी दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । स्थानीय जोप्लीन प्रहरी डिपार्टमेन्टका क्याप्टेन निक जिमेनीजले जनाए अनुसार ब्लु स्प्रिङ्गमा बस्ने प्रभास ओझाले चलाएको टोयोटा आरएभी ४ गाडी टोयोटा पिकअप ट्रकसँग ठोक्किएर सो घटना भएको हो ।  ओझा र उनका ४ वर्षिय छोरालाई स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । बालकको अवस्था जोखिममा रहेको जनाइएको छ ।… पुरा पढौ

वर्षाले यसरी डुबायो मुम्बईलाई, १४ राज्यमा हाइ अलर्ट

भारी वर्षाका कारण भारतको जनजीवन कष्टकर बनेको छ । भारी वर्षाले महाराष्ट्र, गुजरात तथा मध्य प्रदेशसहित थुप्रै राज्यमा जनजीवन अस्तव्यस्त बनेको हो ।  मौसम विभागले बिहीबार गुजरातमा सबैभन्दा बढी वर्षा हुने आशंका जनाएको छ । मध्यप्रदेश , छत्तीसगढ, राजस्थानसमेत १४ राज्यमा भारी वर्षाको चेतावनी दिएको छ ।  मुम्बईमा मंगलबार रातिदेखि वर्षा भइरहेको छ । जसका कारण सडक, रेल तथा अवाई व्यवस्था अस्तव्यस्त भएको छ । मौसम विभागले आगामी तीन दिनसम्म भारती… पुरा पढौ

प्रधानमन्त्रीको पद : निल्नु न ओकल्नु

बेलायतमा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरिदिएका छन् । समय अगावै निर्वाचन गराउन खोज्ने उनको चाहनालाई बुधबारको संसदले अस्वीकृत गरिदिएको हो ।   हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री असफल भएका हुन् । सरकारले ४३४ मत ल्याउनु पर्नेमा पक्षमा २९८ मत मात्र खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो । जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका… पुरा पढौ

गुगललाई १७० मिलियन डलर जरिवाना !

अमेरिकास्थित फेडरल ट्रेड कमिशन (एफटीसी) र न्यू योर्कको अटर्नी जनरल (महान्यायधिवक्ता) को कार्यालयले गुगललाई १७० मिलियन डलर जरिवाना गरेको छ । युट्युबमा बालबालिकाको गोपनीयता उल्लंघन गरेका कारण यति धेरै जरिवाना गरिएको बताइएको छ । भिडियो साइटले जानाजानी र अवैध रूपमा युवाको बारेमा सूचना संकलन गरेको र यो डेटा बच्चाहरूका लागि लक्षित गर्न प्रयोग गरेको आरोप समेत गुगलमाथि लगाइएको छ । युट्युबले बालबालिकाको अनलाइन गोपनीयता सुरक्षा ऐनलाई समेत उल्लंघन गरेको आरोप… पुरा पढौ

विश्वकपको प्रतिक चिन्ह सार्वजनिक

सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ ।  फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो ।  कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो ।   कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो… पुरा पढौ

काबुल विस्फोटमा दुई नेपाली पनि मारिए

अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी दुई नेपालीको समेत ज्यान गएको छ । मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षा जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीका गार्ड भएको बुझिएको छ ।  अफगानिस्तानमा भारतको दिल्ली दुतावासले हेर्ने गरेका कारण सूचनामा ढिलाई भएको छ ।  अमेरिका र विद्रोही तालिवानी समूहबीच सहमति भएको समयमै तालिवानी समूहले काबुलको ग्रीन भिलेज क्याम्पमा बम विष्फोट गराएको थियो ।  उक्त विष्फोटमा कम्तीमा १६… पुरा पढौ

जर्जियाका प्रधानमन्त्री ममुकाद्वारा राजीनामा

जर्जियामा राजनीतिक संकट गहिरिएको छ । यसैक्रममा प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गरेका छन् । संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उनले राजीनामाको घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ ।  विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उनले बताएका छन्।  राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उनले फेसबुकमा लेख्नु भएको छ, ‘मेरो मिसन यस पटक पूरा गर्न सकिन ।’ पुरा पढौ

बहामासमा इतिहासकै सबैभन्दा शक्तिशाली समुद्री आँधी

क्यारिबियन टापू बहामासले शक्तिशाली आँधी भोगेको छ । उक्त आँधीलाई बहामासको इतिहासको सबैभन्दा ठूलो आँधी बताइएको छ ।  २८५ किमी प्रति घण्टासम्मको तीव्रता पुगेको डोरियन आँधी आन्द्र महासागरमा आएका आँधीको मापन राख्न थाले यताको दोस्रो सबैभन्दा तीव्र आँधी हो । आँधी विस्तारै पश्चिमतर्फ अघि बढिरहेको छ र यो आँधी अमेरिकी राज्य फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना र साउथ क्यारोलिनालाई असर गर्नेछ । अमेरिकी सरकारले आफ्नो देशका ती राज्यमा संकटकाल घोाणा गरिसकेको… पुरा पढौ

चिनियाँ राष्ट्रपति सी जिनपिङ ९ घण्टाका लागि नेपाल आउने

 चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् । राष्ट्रपति सीले त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं