विश्व

श्रद्धाञ्जली समारोहमा नेताहरु विच कुटाकुट

टर्कीमा विपक्षी दलका नेता कुटिएका छन् । टर्कीको अंकारामा आयोजना गरिएको श्रद्धाञ्जली समारोहमा सहभागी हुन पुगेका रिपब्लिकन पिपुल्स पार्टीका नेता केमल क्लिकदारोग्लु माथि कुटपिट भएको हो । टर्कीका कुर्दिस विद्रोहीसँगको भिडन्तमा मारिएका एक सैनिकको श्रद्धाञ्जली समारोहमा सहभागी हुने क्रममा उनीमाथि आक्रमण भएको हो । उनलाई कार्यकर्ताले भीडमाझबाट सुरक्षित रुपमा एक घरमा लगेर केहीबेर राखेपछि मात्र बाहिर निकालिएको थियो । उनले पार्टीले उनी सुरक्षित रहेको र कुनै ठूलो चोटपटक नलागेको जनाएको… पुरा पढौ

विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुग्यो

श्रीलंकामा आईतबार भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २९० पुगेको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् । मृतकमा ३६ विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबै श्रीलंकाली नागरिक हुन् । घटनामा विदेशी समूहको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ… पुरा पढौ

श्रीलङ्का विस्फाेट: ३ डेनिस, ५ बेलायती र कयाैँ अमेरिकीकाे मृत्यु

श्रीलङ्कामा आइतबार भएकाे शृङ्खलाबद्ध विस्फाेटमा कम्तिमा पनि २७ जना विदेशी नागरिककाे मृत्यु भएकाे त्यहाँकाे रक्षामन्त्रालयले जनाएकाे छ ।  उता डेनमार्कले आफ्ना तीन नागरिक विस्फाेटमा मारिएकाे जनाएकाे छ । त्यस्तै बेलायतले कम्तिमा पनि ५ बेलायती नागरिक विस्फाेटमा परेकाे जनाएकाे छ । अमेरिकाले भने आफ्ना कयाैँ नागरिक विस्फाेटमा मारिएकाे बताएकाे छ । यसअघि चीनकाे सन्चारमाध्यममा एक चिनियाँ नागरिककाे मृत्यु भएकाे समाचार आएकाे थियाे ।  यी विस्फाेटपछि श्रीलङ्कामा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि… पुरा पढौ

मृतकको संख्या २०७ पुग्यो, ४५० घाइते

श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या २०७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ ।  मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च… पुरा पढौ

हास्य कलाकार राष्ट्रपति चुनिँदै

युक्रेनका बासिन्दाले आइतबार नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गर्दै छन् । युद्धमा रहेको यो देश र परिवर्तन खोजिरहेका जनताले राजनीतिक अनुभव नभएका हास्य कलाकारलाई सर्वोच्च पदमा निर्वाचित गर्न विभिन्न सर्भेक्षणले जनाएका छन् । सर्वेक्षणमा मात्र ९ प्रतिशत युक्रेनका जनतालाई वर्तमान सरकारमाथि विश्वास रहेको देखाएको थियो । ‘म एउटा साधारण व्यक्ति हुँ र यो व्यवस्था भत्काउन यहाँ आएको हुँ । म तपाईंको गल्ती र झुटा वाचाको प्रतिफल हुँ,’ किएभ रंगशालामा… पुरा पढौ

विस्फोटमा १३७ को मृत्यु, ४ सयभन्दा बढी घाइते

श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ । ४ सय भन्दा बढी घाइते भएका छन् ।आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होललहरुमा विस्फोट भएको थियो । अधिकारीहरुका अनुसार कोच्चादाइस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको हो । यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङबरी र सिनेमन ग्राण्ड होटलमा विस्फोट भएको छ । विस्फोटमा परी थुप्रै विदेशी… पुरा पढौ

बम विष्फोटमा मृत्यु हुनेको संख्या १२२ पुग्यो

श्रीलंकामा भएका छुट्टाटुट्टै बम विष्फोटका घटनामा मृत्यु हुनेको संख्या १२२ पुगेको छ दुई सय ४७ जना घाइते भएका छन् । आज विहान चर्च र होटलहरुमा भएका विष्फोटमा परी उक्त घटना भएको अन्तर्राष्ट्रिय माध्यमहरुले जनाएका छन् । घाइतेको विभिन्न अस्पतालमा भर्ना गरिएको छ। श्रीलंकको कोलम्बोमा रहेका तीन चर्च र अन्य छ स्थानमा विष्फोट भएको श्रीलंकका अधिकारीले बताएका छन्। विष्फोट कसले गरायो भन्ने अहिले सम्म खुल्न सकेको छैन्। विष्फोटपछि शहरको शुरक्षा व्यवस्था… पुरा पढौ

आजीवन कारावासको सजाय सुनेपछि सांसद फरार

 इलाहाबाद उच्च अदालतले भारतीय जनता पार्टीका विधायक अशोकसिंह चन्देललाई आजीवन काराबासको सजाय सुनाएको छ। फैसला हुँदासम्म अदालत परिसरमै रहेका उनी केही समयमै फरार भएका छन्।  उत्तर प्रदेशको हमीरपुर जिल्लामा २२ वर्ष पहिला भएको एक सामूहिक हत्याकाण्ड मुद्दामा फैसला गर्दै अदालतले भाजपा विधायक चन्देलसहित १० जनालाई आजीवन कारावासको सजाय सुनाएको हो।   निर्दलीय राजनीतिका समर्थक चन्देल पछि भाजपा प्रवेश गरेका थिए। सजाय घोषणा हुँदा विधायक चन्देल अदालतमै थिए। तर दोषी ठहर भएको… पुरा पढौ

भारतका प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप

भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । गोगोईमाथि नका पूर्व जुनियर असिस्टेन्टले यौन उत्पीडनको आरोप लगाएकी छिन् । शनिबार नै गोगाईको अध्यक्षमा अरुण मिश्रा र संजीव खन्नासहित तीन न्यायाधीशको बेञ्चमा यसबारे छलफल भएको छ । प्रधानन्यायाधीश गोगोईले भने न्यायपालिकाको स्वतन्त्रता गम्भिर खतरामा रहेको र आफूमाथि लागेको आरोप न्यायालयलाई अस्थिर बनाउने ‘ठूलो षड्यन्त्र’ भएको बताएका छन् । आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि ठूलो शक्ति रहेको उनको… पुरा पढौ

हेडमास्टरको आदेशमा जिउँदै जलाइन् छात्रा

बङ्गलादेशमा गत हप्ता हत्या गरिएकी छात्रा नसरत जहाँ रफीलाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको प्रहरीले शुक्रबार जनाएको छ । उन्नाइस बर्षीया रफीमाथि यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेपछि उनलाई मुद्दा फिर्ता गर्न भनिएको तर किशोरीले मुद्दा फिर्ता गर्न नमानेपछि आरोपित प्रधानाध्यापकले मट्टितेलमा छर्केर आगो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ । दक्षिण एशियाली मुलुक बङ्गलादेश नसरतको हत्यालाई देशभर आन्दोलन भएपछि प्रधानमन्त्रीले घटनामा सम्लग्न जोकोहीलाई कानूनी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं