हास्य कलाकार राष्ट्रपति चुनिँदै

युक्रेनका बासिन्दाले आइतबार नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गर्दै छन् ।
युद्धमा रहेको यो देश र परिवर्तन खोजिरहेका जनताले राजनीतिक अनुभव नभएका हास्य कलाकारलाई सर्वोच्च पदमा निर्वाचित गर्न विभिन्न सर्भेक्षणले जनाएका छन् । सर्वेक्षणमा मात्र ९ प्रतिशत युक्रेनका जनतालाई वर्तमान सरकारमाथि विश्वास रहेको देखाएको थियो ।

‘म एउटा साधारण व्यक्ति हुँ र यो व्यवस्था भत्काउन यहाँ आएको हुँ । म तपाईंको गल्ती र झुटा वाचाको प्रतिफल हुँ,’ किएभ रंगशालामा आयोजित बहसमा जेलेन्सकीले भनेका थिए ।

१ टेलिभिजन सिरिजमा काल्पनिक राष्ट्रपतिको भूमिका निभाउने भोलोडिमियर जेलेन्सकीले सत्तासिन राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई पराजित गर्ने देखिएको छ । भ्रष्टाचार नियन्त्रणमा देखाएको उदासिनताका र जनताको खस्कदो जीवनस्तरका कारण पोरोसेन्कोको लोकप्रियता घट्दो छ ।

शुक्रबार दुवै प्रत्यासीले किएभ रंगशालामा भएको बहसमा भाग लिए । आइतबार भएको निर्वाचनमा जेलेन्सकी विजयी भए युक्रोनको इतिहासमा राजनीतिक अनुभव हासिल नगरेका व्यक्ति सर्वोच्च पदमा निर्वाचित भएको पहिलो अवसर हुनेछ ।