टर्कीमा विपक्षी दलका नेता कुटिएका छन् । टर्कीको अंकारामा आयोजना गरिएको श्रद्धाञ्जली समारोहमा सहभागी हुन पुगेका रिपब्लिकन पिपुल्स पार्टीका नेता केमल क्लिकदारोग्लु माथि कुटपिट भएको हो ।
टर्कीका कुर्दिस विद्रोहीसँगको भिडन्तमा मारिएका एक सैनिकको श्रद्धाञ्जली समारोहमा सहभागी हुने क्रममा उनीमाथि आक्रमण भएको हो ।
उनलाई कार्यकर्ताले भीडमाझबाट सुरक्षित रुपमा एक घरमा लगेर केहीबेर राखेपछि मात्र बाहिर निकालिएको थियो । उनले पार्टीले उनी सुरक्षित रहेको र कुनै ठूलो चोटपटक नलागेको जनाएको छ ।




