विश्व

राष्ट्रपतिको आलोचना गर्दा…

प्रतिपक्षी दलका एक सांसदले टर्कीका राष्ट्रपति रेसेप तायीप एर्डोगानको आलोचना गरेपछि टर्कीको संसदमै बुधबार सांसदहरुबीच कुटाकुट भएको छ । एर्डोगानले सिरियामा मारिएका टर्कीका सैनिकको अपमान गरेको भन्दै ती सांसदले आलोचना गरेका थिए । त्यसपछि सुरु भएको झगडामा एक दर्जनभन्दा बढी सांसदहरु संलग्न भएका थिए । जारी भएको भिडियो फुटेजमा सांसदहरु टेबलको माथि चढेर एकअर्कामाथि मुक्का बर्साइरहेको देखिन्छ । झडपका क्रममा केही सांसद भुइँमा नै लड्न पुगेका थिए । प्रतिपक्षी दल… पुरा पढौ

कोरोना संक्रमण रोक्न इरानमा ५४ हजार कैदी रिहा

कोरोनाभाइरसको संक्रमण हुने त्रास बढेपछि इरानले ५४ हजार कैदीलाई रिहा गरेको छ। भीड र समूहमा कोरोनाको संक्रमण चाँडै फैलने भएपछि कोरोनाभाइरसको संक्रमण रोक्नका लागि इरानले कैदीलाई अस्थायी रुपमा रिहा गरेको इरानका न्यायपालिकाका प्रवक्ता घोलमहुैन इस्माइलीले बताएका छन्। इरान कोरोनाभाइरसबाट ग्रस्त मूलुकमध्ये एक प्रमुख राष्ट्र हो। चीनपछि धेरै मानिस संक्रमणपछि मरेका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरसको कारण मृत्यु भएको हो । विश्वभरि अहिले ९० हजार… पुरा पढौ

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या ६ पुग्यो

कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। कोरोना भाइरस संक्रमणबाट अमेरिकाको वासिङ्टनमै थप ४ जनाको मृत्यु भएको हो।योसँगै कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको हो। अमेरिकाको सियाटल र किङ काउन्टी जनस्वास्थ्य विभागले सोमबार पत्रकार सम्मेलन गरेर कोरोना संक्रमण हुने क्रम बढ्दै गएको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनका अनुसार अहिलेसम्म अमेरिकाको वासिङ्टनमै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको… पुरा पढौ

नयाँ दिल्लीमा पनि भेटिए कोरोनाका बिरामी

भारतको राजधानी नयाँ दिल्लीमा पनि नोवेल कोरोना संक्रमित फेला परेको छ । भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार नयाँ दिल्लीमा एक र अर्को तलंगनामा कोरोना संक्रमित फेला परेको हो । नयाँ दिल्लीमा भेटिएको संक्रमित इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका हुन् । उनीहरु दुबैको अवस्था स्थिर रहेको र उनीहरुलाई नजिकबाट अनुगमन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पहिलो पटक केरलमा एक महिलामा कोरोनाको संकेत देखिएको थियो । उनीसँगै यसअघि… पुरा पढौ

यस्तो देश जहाँ सार्वजनिक यातायात निःशुल्क छ

लक्जमबर्ग सार्वजनिक यातायात निःशुल्क बनाउने संसारकै पहिलो देश बनेको छ । अब यो देशमा शनिबारदेखि ट्रेन, ट्राम र बस चढेको पैसा तिर्नुपर्दैन । त्यहाँको सरकारले ट्राफिक व्यवस्थापन गर्न, प्रदुषण कम गर्न र कम आय भएका जनतालाई सहयोगका निमित्त यस्तो निर्णय लिएको बताएको छ । यो सानो तर धनी युरोपेली देशमा सार्वजनिक यातायातको ‘स्ट्यान्डर्ड क्लास’ निःशुल्क बनाइएको छ । यद्यपि, यात्रीले फर्स्ट क्लासको लागि भने प्रतिवर्ष ६ सय ६० युरो करिब… पुरा पढौ

श्रीलंकाले एमसीसी कार्यान्वयन नगर्ने

नेपालको छिमेकी श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ । लामो समयको विवादपछि श्रीलंकाको मन्त्रिपरिषदले सम्झौता अघि नबढाउने निर्णय गरेको हो । श्रीलंका सरकारले एमसिसी पुनरावलोकन गर्न ४ सदस्यीय समिति बनाएको थियो । समितिले बुझाएको प्रतिवेदनले दिएको सुझावअनुसार एमसीसी अघि नबढाउने निधो मन्त्रिपरिषदले गरेको छ । सरकारका प्रवक्ता मन्दुला गुनवर्द्धनाले सम्झौता अपारदर्शी, देशको संविधान र कानुन उल्लंघन गर्ने र देशको स्वतन्त्रता र… पुरा पढौ

इरानका उपराष्ट्रपतिसहित उच्च अधिकारीलाई कोरोना संक्रमण

चीनको बुहानबाट शुरु भएको कोरोना ९कोभिड–१९० भाइरसको संक्रमण अहिले विश्वका धेरै देशहरुमा तीब्र रुपमा फैलिएको छ । इरानमा पनि नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गएको छ । इरानमा उच्च सरकारी अधिकारीहरूलाई धमाधम कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो । उनी उच्च ओहोदामा रहेकी इरानी महिला पनि हुन् । हाल उनलाई घरमै क्वारेन्टाइनमा राखिएको इरानी सञ्चारमाध्यमले बताएका छन्… पुरा पढौ

कोरोनाको प्रकोप बढेपछि कुकुर र बिरालोको मासुमा प्रतिबन्ध

चीनको ग्वाङदोङ प्रान्तस्थित सेनजेन शहरमा कुकुर बिरालोको मासुमा प्रतिबन्ध लगाइएको छ। कोरोनाको प्रकोपपछि सेनजेनमा कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लागेको रोयटर्सले जनाएको छ।वैज्ञानिकहरुले जनावर, चमेरा, सर्प तथा अन्य जंगली जीवबाट कोरोना फैलिएको आशंका गरेका छन् । यसबीचमा कुकुर र बिरालोसहित ९ जनावरको मासुमा प्रतिबन्ध लागेको हो । प्रतिबन्धमा कुखुरा, गोईगोरु, खरायो, माछापनि समावेश छन्। पुरा पढौ

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ । जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३० जनाको मृत्यु भएको बिहीबार जानकारी दिए । लोक नायक अस्पतालका मुख्य चिकित्सकले आफ्नो अस्पतालमा २ जनाको मृत्यु भएको… पुरा पढौ

दिल्ली हिंसा भड्कियो, १३ को मृत्यु, ५६ प्रहरी घाइते

दिल्लीको उत्तरपूर्वी इलाकामा भएको हिंसामा मर्नेको संख्या १३ पुगेको छ । सोमबार र मंगलबा भएको हिंसामा सयभन्दा बढी मानिसहरु घाइते भएका छन् । मंगलबार भारतीय स्वास्थ्यमन्त्री हर्षबर्धन घाइते उपचार भइरहेको अस्पताल पुगेका थिए । अस्पतालमा घाइतेलाई भेटेपछि उनले भने, "अहिलेसम्म मर्नेको संख्या १३ पुगेको छ । सोमबार ८१ जना घाइतेलाई अस्पताल ल्याएको थियो भने मंगलबार ६९ जना घाइतेलाई उपचारका लागि ल्याइएको छ । जसमध्ये केहीलाई उपचार पछि घर पठाइएको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं