कोरोना भाइरसका कारण मृत्यु हुनेको सङख्या विश्वभर ३ हजार ३८३ पुगेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्तर्राष्ट्रिय तथ्यांकअनुसार शुक्रबार सम्म ३ हजार ३८३ को ज्यान गइसक्दा विश्वभर यस भाइरसबाट संक्रमितको संख्या ९७ हजार ९४७ पुगेको छ।
चीनपछि कोरोनाबाट सबैभन्दा बढी संक्रमित देखिएको दक्षिण कोरियामा शुक्रबारसम्म संक्रमितको संख्या ६ हजार २८४ पुगेको छ। त्यहाँ ४२ को मृत्यु भइसकेको छ।
यस्तै चीनपछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र इटाली र इरान हो। त्यहाँ क्रमश १४८ र १०७ को मृत्यु भएको छ।
इटालीमा ३ हजार ८५८ कोरोनाबाट संक्रमित छन् भने इरानमा ३ हजार ५१३ संक्रमित छन् ।




