यस्तो देश जहाँ सार्वजनिक यातायात निःशुल्क छ

लक्जमबर्ग सार्वजनिक यातायात निःशुल्क बनाउने संसारकै पहिलो देश बनेको छ ।

अब यो देशमा शनिबारदेखि ट्रेन, ट्राम र बस चढेको पैसा तिर्नुपर्दैन । त्यहाँको सरकारले ट्राफिक व्यवस्थापन गर्न, प्रदुषण कम गर्न र कम आय भएका जनतालाई सहयोगका निमित्त यस्तो निर्णय लिएको बताएको छ ।

यो सानो तर धनी युरोपेली देशमा सार्वजनिक यातायातको ‘स्ट्यान्डर्ड क्लास’ निःशुल्क बनाइएको छ । यद्यपि, यात्रीले फर्स्ट क्लासको लागि भने प्रतिवर्ष ६ सय ६० युरो करिब ८४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । लक्जम्बर्गको जनसंख्या ६ लाख छ ।