कोरोना संक्रमण रोक्न इरानमा ५४ हजार कैदी रिहा

कोरोनाभाइरसको संक्रमण हुने त्रास बढेपछि इरानले ५४ हजार कैदीलाई रिहा गरेको छ।

भीड र समूहमा कोरोनाको संक्रमण चाँडै फैलने भएपछि कोरोनाभाइरसको संक्रमण रोक्नका लागि इरानले कैदीलाई अस्थायी रुपमा रिहा गरेको इरानका न्यायपालिकाका प्रवक्ता घोलमहुैन इस्माइलीले बताएका छन्।

इरान कोरोनाभाइरसबाट ग्रस्त मूलुकमध्ये एक प्रमुख राष्ट्र हो। चीनपछि धेरै मानिस संक्रमणपछि मरेका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरसको कारण मृत्यु भएको हो ।

विश्वभरि अहिले ९० हजार भन्दा बढीमा भाइरस भएको पुष्टि भइसकेको छ। गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ९ सय नाघेको छ। इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ को मृत्यु भइसकेको छ ।