युकेकी स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

युकेकी स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भइरसको संक्रमण देखिएको छ।

कोरोना संक्रमण देखिएपछि उनले चिकित्सकको सल्लाहमा आवश्यक उपचार र सुरक्षाका उपाय अपनाइरहेकी छिन्। उनी निवासमा नै सेल्फ क्वारेन्टाइनमा छिन्। डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।

संक्रमण फैलने क्रम बढेपछि सरकारले परीक्षणलाई बढाउने भएको छ । सरकारले एक दिनमा १० हजार जनाको स्वास्थ्य जाँच गर्ने जनाएको छ।

चीन उद्गम भएर फैलिएको कोरोनाका कारण युकेमा हालसम्म ६ जनाको ज्यान गएको छ भने ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।