ताजा समाचार

विश्व

मेक्सिको प्रेसको लागि विश्वकै खतरनाक देश !

मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ । नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा उल्लेख गरिएको छ । यहाँका लोकप्रिय यी नेताले सेवा प्रवाह र सञ्चार माध्यमसँगको सम्वन्धमा आमुल परिवर्तन गर्ने भन्दै गत डिसेम्बरमा उनले  कार्यभार सम्हालेका थिए ।  उनका पूर्वपर्ती इन्रीक पेना निएटोले कहिल्यै पनि पत्रकारहरुको प्रश्नको जवाफ दिदैनथिए । तर ६५ वर्षीय लोपेजले हरेक… पुरा पढौ

सरकारी फौज र जिहादी समूहबीच भिडन्त हुदा ४५ जनाको मृत्यु

सिरियाली सरकारी फौज र जिहादी समूहबीच उत्तरपश्चिम सिरियामा भएका पछिल्ला भिडन्तमा कम्तीमा ४५ जना हतियारधारीको मृत्यु भएको छ । हामा प्रान्तमा हायात तहरिर अल–शाममा आबद्ध लडाकूहरुले मङ्गलबार बिहानै सरकारी फौजमाथि आक्रमण गरेको सिरियाली मानव अधिकार अब्जरभेटरीले जनाएको हो । भिडन्तमा सरकारी फौजतर्फ कम्तीमा १४ जनाको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ । उत्तरी हामा र छिमेकी इडलिब प्रान्तमा सरकारी फौजबाट हुने हवाई आक्रमण २४ घण्टायता रोकिएका थिए । तर सरकारी फौजमाथि… पुरा पढौ

अदालतमा बयान दिदादिदै पूर्वराष्ट्रपतिको निधन भएपछि

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिदादिदै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको बोल्दाबोल्दै मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए । बेहोस् भएर लडेको केही समयमै उनको निधन भएको हो ।… पुरा पढौ

कतार विश्वकपमा अनियमितता !, माईकल प्लाटिनी पक्राउ

फ्रान्सका पुर्व स्टार खेलाडी एवं युरोपियन फुटबल महासंघ (युईएफए)का पुर्व अध्यक्ष माइकल प्लाटीनीलाई फ्रान्समा गिरफ्तार गरिएको छ। कतारलाई सन् २०२२को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न दिएको र कतारले विश्वकप पाउन मिलोमतो गरेको शंकामा प्लाटिनीलाई गिरफ्तार गरिएको अन्तराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन्। सन् २००७ देखि २०१५ सम्म युईएफएका अध्यक्ष रहेका प्लाटिणीले सन् २०१०मा कतारलाई विश्वकप आयोजना गर्ने पक्षमा मतदान गरेका थिए। उनले उक्त बिचमा कतार फुटबलका पदाधाकरीहरुसँग धेरै पटक स्विजरल्याण्डमा भेटेको… पुरा पढौ

चीनमा शक्तिशाली भुइँचालो

चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १ सय २२ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयानुसार १०.५५ बजे राती भूकम्प गएको थियो । अधिकारीहरुले खोजी तथा उद्धार कार्य चलिरहेको जनाएका छन् । आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली… पुरा पढौ

जादु देखाउन आईतबार नदीमा पिँजडासहित डुबेका ब्यक्ति अझै फेला परेनन्

जादु देखाउनका लागि आफूलाई पिँजडामा थुनेर नदीमा डुबेका एक जना जादुगर आईतबारदेखि नदिमै बेपत्ता भएका छन् । भारतको पश्चिम बंगाल राज्यस्थित सोनारपुर निवासी जादुगर चञ्चल लाहिडी हुगली नदीमा बेपत्ता भएका हुन् । उनी तालासहितको पिँजडामा थुनिएर नदीमा डुबेको अवस्थामा सकुशल बाहिर निस्कने जादु देखाउने अभियानमा थिए । ४१ वर्षीय लाहिडीले यस प्रकारको कला यसअघि नै सफलतापूर्वक देखाइसकेको बताइन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आइतबार हावडा पुल मुनी उक्त कला देखाउने… पुरा पढौ

रियल मड्रिडका कप्तान बैवाहिक बन्धनमा,कोसंग गरे विवाह ?

स्पेन तथा रियल मड्रिडका कप्तान सर्जियो रामोस बैवाहिक बन्धनमा बाँधिएका छन् । उनले लामो समय देखि प्रेम सम्बन्धमा रहकी प्रेमिका तथा टेलिभिजन प्रस्तोता पिलार रुबीयोसँग विवाह गरेका हुन् । शनिबार विशेष समारोहको आयोजना गर्दै रामोस र पिलारले बैवाहिक सम्बन्धमा बाँधिए । सेभियाको क्याथाड्रलमा भएको विवाहमा स्टार खेलाडीका साथै केही कलाकारको सहभागिता हरेको थियो । यसका साथै मिडियाहरुको पनि उपस्थिति रहेको थियो । रामोसको विवाहमा चार सयभन्दा बढि मानिसको सहभागिता रहेको… पुरा पढौ

किन दिए ७ सय डाक्टरले एकसाथ राजीनामा ?

पश्चिम बंगालमा दुई जुनियर डाक्टरहरुमाथि भएको हिंस्रक हमलापछि सुरु भएको आन्दोलन लगातार बढिरहेको छ । शुक्रवार बंगाल बाहिर समेत कैयौं राज्यमा आन्दोलनरत डाक्टरलाई समर्थन मिलेको छ । दिल्ली, मुम्बई समेत तमाम शहरहरुका ठूला ठूला अस्पताल बन्द रहेका छन् । अहिले पश्चिम बंगालमा यो समस्या लगातार बढिरहेको छ । जसका कारण पूरा स्वास्थ्य अवस्था समेत धरमराएको छ ।  एम्स असोसिएशनको २ दिनको अल्टिमेटम हिंसाको शिकार भएका साथीहरुप्रति समर्थन जनाउँदै बंगालका ७०० सरकारी… पुरा पढौ

बजेटको विषयमा संसद भवनमै सांसदविच कुटाकुट

केन्यामा आफ्नो निर्वाचन क्षेत्रमा बजेट नदिएको भन्दै सांसदविच कुटाकुट भएको छ । सांसद रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको हो । आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ। पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद भवनस्थित गाडी… पुरा पढौ

ज्यानमारा लिची !

उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७  जना बालबालिकाको मृत्यु भएको छ।बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार  सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो। स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन्। ‘अन्तर्राष्ट्रिय विज्ञहरूले हामीलाई भनेअनुसार लिची त्यस्तो प्रकारको… पुरा पढौ